प्रकाण्डलगायत नेताकार्यकर्ताहरू रिहाइको माग राख्दै विभिन्न ठाउँमा भण्डाफोर सभा

काठमाडौँ : केपी ओली–पुष्पकमल दाहाल सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई मंलबार बेलुका ७ः३० बजे काठमाडौँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै विभिन्न जिल्लामा भण्डाफोर सभा कार्यक्रम सम्पन्न गरेको छ । उक्त पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अनुसार आज अर्थात आइतबार विभिन्न जिल्लाले भण्डाफोर सभा कार्यक्रम गरेका छन् । यसैगरी दाङमा नेकपाले भण्डाफोर कार्यक्रम सम्पन्न गरेकोे नेकपा दाङले जनाएको छ ।आइतबार दाङको नारायणपुरको खैरामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले गैर न्यायीक गिरफ्तारीको भण्डाफोर गर्दै तत्काल रिहाइ गर्न माग गरेका छन् । शान्तिपूर्ण कार्यक्रम गर्न पाउने संविधानमा उल्लेखित अधिकारलाई लत्याउदै आफैले बनाएको कानुनको धज्जी उडाएर राज्यले आफूहरुमाथि गरिरहेको दमनको बदला लिएर छाड्ने बताएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य किसनले बोल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य अनिल केसीले गर्नुभएको थियो ।

यसैगरी नेकपा पश्चिम रुकुमले प्रकाण्डलगायत सयौं नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेर विभिन्न किसिमका लान्छाना लगाउने कालोपट्टी बाध्ने जस्ता गैरन्यायिक हर्कत विरुद्ध रुकुममा विरोध तथा भन्डाफोर कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै रुकुम जिल्ला सेक्रेटरी चन्द्रले नेकपाका नेताकार्यकर्तालाई दमन गर्नेहरु कायर भएको बताएउदै राज्यको यस्तो रबैयाले क्रान्तिको आगोमा कायहरुनै खरानी हुने सेक्रेटरी चन्द्रले चेतावनी दिएका छन् ।

 यसैगरी नेकपा पर्शाले आफ्नो पार्टीका नेता प्रकाण्ड, पिबिएम, केन्द्रीय सदस्य तथा देशभरी गिरफ्तारीका विरुद केपी प्रचण्ड सरकारको फासिवादी शासनको भण्डाफोर गर्दै बहुदरमाई नगरपालिका ४ डोकैइला बहुवरी बजारमा सभा समपन गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष राधेश्याम साहले गिरफ्तारीमा परेका प्रकाण्डलगायत नेताकार्यकर्ताहरुलाई सस्म्मान रिहाइको माग गरेका छन् ।

२०७५ साउन २७ गते बेलुका ११ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :