पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा प्रकाण्डसँग भेटघाट

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रहरी हिरासतमा राखिएका नेकपाका प्रवक्ता प्रकाण्डलाई भेटेका छन् । आइतबार डा. बाबुराम भट्टराईले महानगरिय प्रहरी परिसर महाशाखा काठमाडौं टेकु गई प्रवक्ता प्रकाण्डलाई भेटेका हुन्। प्रकाण्डलाई भेटेपछि डा. भटराईले सरकारद्धारा नेकपाका नेता कार्यकर्ताहरुलाई विनाकारण पक्राउ गरी थुनामा राखिएको भन्दै विरोध गरे ।

यस्तै नेकपाका प्रवक्ता प्रकाण्डलाई नेपाल बार एशोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ताहरु शेरबहादुर केसी र एकराज भण्डारीले  भेटेका छन् । प्रहरीले मंगलबार प्रकाण्डलाई काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेको थियो । ओली सरकारले फरक राजनीतिक विचार राखेकै कारण आफ्ना नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने र झुट्टा मुद्दा लगाएर हिरासतमा राख्ने गरेको भन्दै सो पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरी  संघर्षका कार्यक्रम  घोषणा गरेका छन् ।

जसअनुसार साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र २९ गते नेपाल बन्दको कार्यक्रम छ ।

२०७५ साउन २७ गते साँझ ६ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :