नेकपाका प्रवक्ता प्रकाण्डलाई २ दिन म्याद थप

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई काठमाडौँ जिल्ला अदालतले थप २ दिन म्याद गरेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै १५ दिनको म्याद थप गर्न माग गरेकोमा अदालतले ३ दिन मात्र म्याद थप गरेको हो ।
म्याद थपनका लागि अदालत उपस्थित गराइएका प्रकाण्ड र उनका सहयोगी हरिचन्द्र आचार्य, गाडी चालक मनबहादुर श्रेष्ठ र प्रमेश दर्नाल ३ दिन म्याद थपेका छन् । साउन २२ गते गिरफ्तार तीनै जनालाई २३ गते सोही अदालतले पाँच म्यादको अनुमति दिएको थियो । दर्नाललाई भने शनिबार मात्र काठमाडौंबाट गिरफ्तारीमा परेको थियो । यसअघि तीनै जनालाई २३ गते पाँच दिनको लागि म्याद थप गरेर हिरसातमा राख्दै आएको थियो ।
२०७५ साउन २७ गते दिउँसो ५ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :