जनपरिषद गुल्मीको चेतावनी


गुल्मी : जनताको स्वास्थ्यलाई हानी गर्ने अत्यधिक बिषादीयुक्त ७० डिग्री यूपीको प्लाष्टिकजन्य मदिरा विक्री बन्द गर्ने नेकपा गुल्मी र व्यापारीहरुवीच गरिएको पूर्व सम्झौता व्यापारीहरुले उलङ्घन गरेकोप्रति जिल्ला जनपरिषद् गुल्मीले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बिहीबार मगरात स्वायत्त प्रदेश अन्तर्गत रहेको जिल्ला जनपरिषद्, गुल्मीका प्रमुख प्रशान्त बरालले प्रेस विज्ञप्ती जारी गर्दैे उक्त ध्यानाकर्षण भएको बताएका हुन् ।

उक्त मदिरा तत्काल विक्री वितरण बन्द गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेकोे मितिदेखि कुनै पनि व्यावसायीले विक्री वितरण गरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सामाना गर्न तयार रहन जनपरिषद गुल्मीले चेतावनी पनि दिएकाे छ ।

उनले उद्योग बाणिज्य सङ्घ गुल्मीका जिम्मेवार व्यवसायीहरुले तीन बर्ष अगाडी आफैले गरेको निर्णयको बर्खिलापमा जनताको स्वास्थ्यप्रति खेलवाड गर्दै निहित स्वार्थका साथ विक्री वितरण गरी लज्जास्पद हर्कत प्रदर्शन गरेको विज्ञप्तिमा उल्लेख  छ ।

पूर्व निर्णय कार्यान्वयन नगरे त्यसबाट उत्पन्न हुने अप्रिय परिस्थितिको सामना गर्न तयार रहन समेत चेतावनी दिएका छन् । विज्ञप्तिमा हानिकारक मदिरा बन्द गर्न सहयोग गर्न जनपरिषदले व्यवसायीलाई अपिल समेत गरिएको छ ।

२०७५ साउन १८ गते शुक्रबार दिउँसो १ : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :