नेताहरूलाई रिहा गर्न महासचिव विप्लवको कडा चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका दुईजना पोलिटब्युरो कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई यही साउन १० गते दिउँसो २ बजेतिर नागढुङमा बसबाट ओराली आफूलाई सुरक्षा फौज भन्ने १५ जनाको टोलीले अपहरणको शैलीमा गिरफ्तार गरी बेपत्ता बनाएकोमा नेकपाका महासचिव विप्लवले गम्भीर चेतावनी दिँदै रिहा गर्न माग गर्नुभएको छ । काठमाडौँमा दुई दिनसम्म यातना दिई काभ्रेको धुलिखेलमा राखिएका धमला र कार्कीलाई भेट्न गएका मानवअधिकारवादी र पत्रकारसँग कुरा गरेका नेताद्वयले गिरफ्तार हुनेबित्तिक्कै आफूहरूको आँखामा पट्टी बाँधिएको, रातभरि सोधपुछका नाममा पिटेको, सुत्न नदिएको जनाएका छन् । आफ्ना नेताहरूको गिरफ्तारीलाई लिएर नेकपाका महासचिव विप्लवले निकालेको वक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ :

thumbnail of CPN_Press Statement 2075-04-15

२०७५ साउन १५ गते बिहान ११ : २३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :