ललितपुरको अध्यक्षमा लुइटेल

ललितपुर : अखिल (क्रान्तिकारी)को ललितपुर जिल्ला समितिको २३औं सम्मेलन बिहीबार सम्पन्न भएको छ ।  सम्मेलनले विनोद लुईटेलको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । जिल्ला कार्यसमितिहरु उपाध्यक्षमा रमेश सुनार, सचिवमा निगम भण्डारी, सहसचिवमा ललितजंग बम र कोषाध्यक्षमा डेविड पाण्डे निर्वाचित भएका छन् । कार्यक्रमको प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव प्रकाश शाहीलगायत विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि ढकालले नवनिर्वािचत कार्यसमितिले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह सफल हुने विश्वास व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन व्यक्त गरेका थिए । अध्यक्ष ढकालले सरकारले शिक्षालाई नीजिकरण गरेर श्रमजीवि वर्गका छोराछोरीलाई आधारभूत शिक्षा हासिल गर्नबाट समेत वञ्चित गराएको भन्दै वर्तमान दलाल संसदीय व्यवस्था खारेज नगरिएसम्म नागरिक निःशुल्क शिक्षा प्राप्त गर्न नसक्ने बताएका थिए ।
२०७५ साउन ११ गते बेलुका ९ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :