काठमाडौँको अध्यक्षमा खड्गी

काठमाडौँ : नेवाः मुक्ति मोर्चाको काठमाडौँ जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले विनोद खड्गीको अध्यक्षमा ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्तरिक सङ्गठन सुधारलाई तीव्रता दिएको छ । कार्यक्रममा नेकपा निकट नेवाः मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष राजेन्द्र महर्जन, काठमाडौँ जिल्ला सेक्रेटरी भृकुटी, क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्दीय सदस्य शैलेश डङ्गोल, नवीन बिष्टलगायतको उपस्थिति थियो ।
उक्त मोर्चाका केन्द्रीय अध्यक्ष राजेन्द्र महर्जनले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए । निर्वाचित अध्यक्ष खड्गीले प्रतिबद्धता मन्तव्य राख्दै एकीकृत जनक्रान्तिका पक्षमा लागिरहने बताए ।

२०७५ साउन ८ गते दिउँसो २ : १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :