अखिल (क्रान्तिकारी)को दुईदिने स्कूलिङ कार्यक्रम सम्पन्न

बुटवल : विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले दुईदिने स्कुलिङ तथा राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । स्कूलिङमा ब्युरो ७ वटा जिल्ला रुपन्देही, गुल्मी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, नवलपुर, परासीबाट ९० जना विद्यार्थीहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

स्कूलिङमा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, सौन्दर्यशास्त्र, विद्यार्थी आन्दोलनको इतिहास, संगठनात्मक सिद्धान्त, सूचना र प्रविधि, शिक्षामा देखिएको नवउदारवादी व्यवस्था, वैज्ञानिक तथा समाजवादी शिक्षा नीति आदिका वारेमा अध्यापन गराइएको थियो ।

साउन ५ गतेदेखि सुरु भएको स्कूलिङ कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, महासचिव प्रकाश शाही, डा. शिवशंकर बस्याल, प्रेमचन्द्र भूसाल, विनोद खनाल, खोमा तरामु मगरको सहभागी रहेको थियो । स्कूलिङको उद्घाटन सत्रमा नेकपा रुपन्देही जिल्ला इन्चार्ज शरद ओली, सेक्रेटरी अमर, अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष घनश्याम पाठक, मुस्लिम राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष अजमहामद अली, संस्कृतिकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । स्कूलिङले विद्यार्थीमा नयाँ उत्साह पैदा गर्नुका साथै वैचारिक तथा राजनीतिक क्षमता अभिवृद्धिमा सहयोग पुगेको व्युरो संयोजक सुनिल बञ्जाडेले बताए ।
व्युरो संयोजक सुनिल बञ्जाडेको अध्यक्षता, प्रमुख अतिथि नेकपा रुपन्देही इन्चार्ज एवं व्युरो सदस्य शरद ओली, संचालन रुपा बुढा मगर र नविन खड्काले गरेका थिए भने स्वागत मुक्ति गैरेले गरेका थिए ।

२०७५ साउन ७ गते बिहान ११ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :