एक पाटो एक बाटो चीन र दक्षिण एशिया : हिरण्यलाल श्रेष्ठ

hiranya lal shresthaहिरण्यलाल श्रेष्ठ

सन् २०१३ चिनियाँ राष्ट्रपति सी जिङ पिङले कजाकस्तान र इन्डानेसिया भ्रमणका क्रममा एक्काईसौँ शताब्ीदको सामूहिक रेसमी मार्ग र सडक रेसमी मार्ग घोषणा गरेका थिए । त्यसपछि नै चीनले व्यवस्थित रूपमा ‘एक पाटो एक बाटो’ प्रस्तावलाई अघि बढाइरहेको छ । चीनले कूटनीतिक पहलमार्फत एसिया, युरोप र अफ्रिका जोड्नेछ । यसमा जल र स्थल सडक सञ्जाल रहनेछ । ‘एक पाटो एक बाटो’ परियोजनाले करिब १ सयवटा देश अर्थात् विश्वका आधा देश र ७० प्रतिशत जनसङ्ख्यालाई एउटै मालामा उन्ने रणनीति छ । यो परियोजनाको औपचारिक सुरुआत ‘एक पाटो एक बाटो’ अन्तर्राष्ट्रिय संयोजन बैठक १४ मई २०१७’ कार्यक्रमबाट हुनेछ । ‘एक पाटो एक बाटो’ परियोजना र दक्षिणएसिया ‘एक पाटो एक बाटो’ सडक सञ्जालको पहल विशेषगरी दक्षिणएसियाका लागि महत्वपूर्ण साबित हुनेछ । दक्षिणएसियाका ८ देशहरूमध्ये ५ वटा देशसँग चिनियाँ स्थल सीमा पर्दछ । यसमा आफगानिस्तान, पाकिस्तान, भुटान, नेपाल र भारत पर्छन् । बाँकी ३ वटा देश माल्दिभ्स, बङ्गलादेश र श्रीलङ्कासँग जलसीमाद्वारा रेसम मार्गमा जोडिन्छन् ।
प्राचीन कालदेखि नै चीन र दक्षिणएसियाका बीचमा व्यापारिक तथा सांस्कृतिक अनुभव आदानप्रदान हुँदै आएको छ । यिनीहरू भौगोलिक, ऐतिहासिक दृष्टिले छिमेकी र आर्थिक दृष्टिले साझेदार देशहरू हुन् । भौगोलिक, ऐतिहासिक र आर्थिक दृष्टिले यी देशहरूलाई एउटै परियोजनामा जोड्दा सबैको पकड सामुद्रिक मार्गमा पुग्नेछ । यसमा तीनवटा मूलतः चीन र दक्षिणएसिया दुईवटा आर्थिक क्षेत्र (इकोनोमिक करिडोर) रहनेछन् जसमा (१) चीन–पाकिस्तान आर्थिक करिडोर (जुन बलुचिस्तानस्थित गवाद्दर बन्दरगाहबाट सुरु हुने आकर्षक क्षेत्र रहनेछ । (२) बङ्गलादेश, चीन, भारत, बर्मा करिडोर (३) नेपाल–चीन हिमालयन करिडोर (केरुङ–दक्षिणएसिया जोड्ने प्रवेशद्वार हुनेछ) चिनियाँ रेलगाडी सन् २०२० सम्म तिब्बतको नेपाल सीमा चेरुङ पुग्दैछ ।
नेपाल र एक पाटो एक बाटो
यो परियोजना चीन र भारत दुई प्रतिस्पर्धी देशको बीचमा पर्छ । नेपालको भूराजनीति र दुवै देशको सुरक्षा स्वार्थका साथै विश्वशक्तिको सरोकारको केन्द्र रहेको देश हो । नेपाल विभिन्न सडकहरू, रेलगाडी मार्ग, हवाई सञ्जालमार्फत जोडिनेछ । नेपाल रेसमी मार्गमार्फत बाँकी संसारसँग जोडिनेछ । भूपरिवेष्ठित नेपाल रेसमी मार्गमार्फत विश्व बजारमा प्रवेश गर्नेछ जसका लागि नेपालले चीनसँग गरेको व्यापार र यातायात सम्झौता कार्यान्वयन गर्न सहज हुनेछ । पौराणिक कथा (शम्भु पुराण) अनुसार चीनको उथाईबाट महामञ्जुश्री काठमाडौँ आएपछि उनले बागमती उपत्यकाको पानी चोभार, गल्छीबाट डाँडो काटेर बगाएका थिए । त्यसपछि त्यहाँ मानवबस्ती बसेको हो । यो कथाले नेपाल र चीनका बीचमा प्राचीन कालदेखि नै सम्बन्ध रहेको पुष्टि हुन्छ । सातौँ शताब्दीका शक्तिशाली तिब्बती राजा श्रङचङ गम्पोले अंशुबर्माकी छोरी भृकुटीसँग विवाह गरेका थिए । सियान–काठमाडौँ मार्ग प्रयोग गरेर उक्त शाही विवाह सम्पन्न भएको थियो ।
समस्या र चुनौती
एक पाटो एक बाटो परियोजना जति आकर्षक र महत्वपूर्ण छ त्यत्तिकै यसका चुनौती पनि रहेका छन् । जस्तै ः
(१) भारतको अरुचि ः नेहरू डक्ट्रिनअनुसार नेपाल र भुटानमा भारतले सूक्ष्म व्यवस्थापन गरिरहेको र यस क्षेत्रमा चिनियाँ प्रभावप्रति भारतको अरुचि रहेका कारण कार्यान्वयन गर्न कठिन छ । यस क्षेत्रमा चिनियाँ प्रभाव रोक्न भारत क्रियाशील हुनेछ ।
(२) भारत–पाकिस्तान द्वन्द्व र अविश्वास— दुई आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानका बीचमा द्वन्द्व र अविश्वास कायमै छ । कास्मिर विवाद समाधान भएको छैन ।
(३) चिनियाँ कार्ड (पश्चिम देशहरूको — सन् १९५० मा चिनियाँ सेना तिब्बत प्रवेश ग¥यो । सन् १९६० मा दलाई लामाले केन्द्रीय सरकारका विरुद्ध विद्रोह गरे र त्यसलाई चीनले नियन्त्रण ग¥यो । दलाई लामालाई भारतले आश्रय दियो र दिल्लीस्थित धर्मशालामा समानान्तर दलाई लामा सरकार चलायो । सन् १९७० मा खम्पाहरूले चीनविरुद्ध विद्रोह गरे । उनीहरूले नेपाली सीमामा नेपाली भूमि प्रयोग गरेका थिए । नेपालले सन् १९७४ मा प्रतिविद्रोही कारबाही चलायो । उक्त कारबाहीमा देशद्रोही नेता गाय वाङ्दी मारिए । नेपालले एक चीन नीतिलाई मान्यता दियो । त्यसपछि नै नेपालले चीनविरोधी गतिविधिमाथि प्रतिबन्ध लगायो । तर आजसम्म पनि भारत र पश्चिमाहरूले चीनका विरुद्ध तिब्बतकार्ड प्रयोग गरिरहेका छन् । भारतले अरुणाञ्चलमा दलाई लामालाई धार्मिक कार्यक्रम गर्न दिएको छ । यसले ‘एक पाटो एक बाटो’ परियोजनामा प्रतिकूलता थप्न सक्छ ।
(४) शीतयुद्ध मनोवृत्ति — पश्चिमाहरूको आँखा नेपाल–चीन सिमानामा गडेका छन् । १ जुलाई १९९७ मा हङकङबाट बेलायत पछाडि हटेदेखि पश्चिमाहरूले चीनका विरुद्ध नेपाली भूमिलाई आधार शिविरका रूपमा प्रयोग गर्न खोजिरहेका छन् । उनीहरूले भारतलाई चीनका विरुद्ध उचालिरहेका छन् । त्यसकारण भारत र पश्चिमाहरूको शीतयुद्धको मनोवृत्तिका कारण ‘ एक पाटो एक बाटो’ परियोजना दक्षिणएसियामा कार्यान्वयनमा ल्याउन बाधा पुग्ने देखिन्छ ।
नयाँ दृष्टिकोण र मनोविज्ञान
भारत र चीनको बीचमा द्वन्द्व मात्र छैन, उनीहरूका बीचमा आर्थिक तथा व्यापारिक साझेदारी पनि बढिरहेको छ । भारत चीनको ठूलो बजार हो । दुई देशका बीचमा लगानी र पर्यटन साझेदारी बढिरहेको छ ।
ब्रिक्स सदस्य
सोभियत सङ्घको विघटनपछि विश्व एक ध्रुवीय बन्न गयो र अमेरिकाले त्यसको नेतृत्व ग¥यो । आज विश्व बहुध्रुवतिर गइरहेको छ । बहुध्रुवीय विश्व व्यवस्थाका लागि चीन र भारत एउटै मोर्चामा छन् । ब्रिक्समा दुवै देशको ठूलो लगानी हुनु त्यसको छनक हो ।

सार्क र साङ्घाई सहयोग सङ्गठन
सार्कमा चीन पर्यवेक्षकका रूपमा रहेको छ । भारत र पाकिस्तान चीन र रुससँगै साङ्घाई सहयोग सङ्गठनमा सदस्य रहेका छन् । नेपाल साङ्घाई सहयोग सङ्गठनमा सदस्यका रूपमा रहेको छ ।
एसियन पूर्वाधार बैङ्कमा संयुक्त लगानी
नेपाल, भारत र चीन एसियन पूर्वाधार विकास बैङ्कका सदस्य छन् । यी तीनै देशको पहलमा उक्त बैङ्कको गठन भएको थियो । जुन बैङ्क जापान र पश्चिमा देशहरूको पहल र लगानीमा बनेका विश्वबैङ्क र एसियाली विकास बैङ्क (एडीबी) को वैकल्पिक वित्तीय संस्थाका रूपमा उदाएको छ । यसले ‘एक पाटो एक बाटो’ परियोजनामा साझेदार बैङ्कका रूपमा लगानी गरिरहेको छ । चीन, दक्षिणएसिया र एक बाटो एक पाटो परियोजनाले भविष्यमा त्रिआयामिक भूमिका निर्वाह गर्नसक्ने देखिन्छ ।
२०२४ सालमा अरनिको राजमार्ग बन्यो । २०१८ साल (सन् १९६१) मा सो राजमार्ग निर्माणसम्बन्धी चीन र नेपालका बीचमा आपसी सम्झौता भएको थियो । सो सम्झौता कार्यान्वयन नगर्न भारतले र पश्चिमाहरूले नेपालमाथि दबाब दिएका थिए । २०६१ सालमा भारतले त्यही बाटो भारतलाई व्यापार गर्न र मानसरोवर जाने यात्रुका लागि खुला गर्न प्रस्ताव ग¥यो । भारतको उक्त प्रस्तावप्रति नेपाल सकारात्मक छ । त्यसले नेपाल–भारत–चीन त्रिपक्षीय सम्बन्ध विस्तारमा सहयोग गर्ने नेपालको बुझाइ छ । त्यसले नेपाल– भारत–चीन सम्बन्ध सुधारको सेतु बन्ने हैसियत राख्दछ ।
नेपाल–चीन–पाकिस्तान त्रिपक्षीय व्यापारले एक्काईसौँ शताब्दीमा महातरङ्ग ल्याउन सक्छ । सडकमार्फत रेलगाडी मार्गले जोड्नेछ । पाकिस्तानका राष्ट्रपति परवेज मुसर्रफले सन् २००२ को सार्क शिखर सम्मेलनमा नेपाल आउँदा चीनको हवाई मार्ग प्रयोग गरेका थिए । भूपरिवेष्ठित नेपालले पाकिस्तानको गवादार बन्दरगाह प्रयोग गर्न सक्छ । यसले नेपाललाई सीधै अन्तर्राष्ट्रिय बजारमा जान सहज बनाउनेछ । गिलगित–ल्हासा–काठमाडौँ हवाईमार्ग सगरमाथा र कञ्चनजङ्घा (दोस्रो अग्लो हिमाल) हुँदै विश्वकै सर्वाधिक आकर्षक पथ हुनेछ । एक पाटो, एक बाटो परियोजना सफल भएमा नेपाल– चीन–पाकिस्तानका बीचमा त्रिपक्षीय साझेदारी बढ्नेछ र आपसी लाभ हुनेछ । यो परियोजनाले क्षेत्रीय अधिनायकत्व तोड्दै नयाँ ‘दक्षिणएसिया सिद्धान्त’ बन्न÷बनाउन मद्दत गर्नेछ ।
(चीनमा हालै सम्पन्न अन्तर्राष्ट्रिय गोष्ठीमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तोता हिरण्यलाल श्रेष्ठद्वारा प्रस्तुत कार्यपत्रको सम्पादित अंश, अनुवाद ः करनसिंह बडाल)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :