पाटन संयुक्त क्याम्पसको अध्यक्षमा बम

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को पाटन संयुक्त क्याम्पसमा इकाई सम्मेलन सम्पन्न भएको छ ।
‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि नयाँ पुस्तालाई एकृकीत जनक्रान्तिमा आह्वान ! विज्ञान र सुचना प्रविधिका नयाँ आयामहरुलाई क्रान्तिको पक्षमा प्रयोग गर्न ८औँ इकाई  सम्मेलन !’ भन्ने नाराका साथ उक्त सम्मेलन शुक्रबार सम्पन्न भएको हो ।

सम्मेलनले ललितजंग बमको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्यसमितिहरुमा उपाध्यक्ष उमेश कोइराला, सचिव रविन न्यौपाने, सहसचिवमा सविन्द्र देउला र कोषाध्यक्षमा दुर्गाप्रसाद मौरियालाई चयन गरेको छ ।

संगठनका महासचिव प्रकाश शाहीले सम्मेलनको उद्घाटन गर्दै वैज्ञानिक समाजवादमा मात्रै आम नागरिकका छोराछोरीले वैज्ञानिक शिक्षा प्राप्त गर्न पाउने भन्दै त्यसको लागि विद्यार्थीहरुले पढाई सँगैसँगै राजनीतिक संघर्षमा लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) ललितपुर इन्चार्ज लोकेन्द्र बिष्ट, संयोजक विनोद लुईटेल, काठमाडौँ जिल्ला अध्यक्ष दर्शन नेपाली, काठमाडौं क्याम्पस जिल्ला अध्यक्ष उसाकिरण आजाद सहभागि थिए ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका नवनिर्वाचित अध्यक्ष बमले शैक्षिक माफिया, दलालविरुद्ध संघर्ष नगरी वैज्ञानिक शिक्षाको कल्पना गर्न नसकिने बताउँदै त्यसविरुद्ध निमर्म संघर्ष गर्ने बताएका थिए भने संञ्चालन रमेश सुनारले गरेका थिए ।

२०७५ साउन ५ गते बिहान १० : ०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :