फ्रान्स बन्यो विश्वकप विजेता

काठमाडौँ :  रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलको फाईनल खेलमा फ्रान्सले ४-२ गोलको अन्तरले जित हासिल गरेको छ ।

फ्रान्सले खेलको अठारौँ मिनेटमा पहिलो गोल गर्यो । गोल गरे भने त्यसको दश मिनेटमा क्रोसियाका इभान पेरिसिकले गोल फर्काएर बराबरीमा पुर्याए ।

त्यसको १० मिनेटपछि फ्रान्न्सले अर्को गोल हान्यो । फ्रान्सले पेनाल्टी पायो र पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे ।

दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो ।

फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे भने क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे ।
२०७५ असार ३२ गते साँझ ७ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :