प्रचण्डका नेता–कार्यकर्ता विप्लवतिर

काठमाडौँ : तत्कालीन नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले)मा विलय भएपछि उक्त पार्टीका नेता–कार्यकर्ताहरु नेकपामा प्रवेश गर्नेको लहर चलिरहेका छन् । यसैबीच कैलालीमा पूर्व माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी कैलालीमा प्रवेश गरेका हुन् । जनयुद्धको लक्ष्य भुलेर प्रचण्डले घात गरेको भन्दै उनीहरू नेकपामा प्रवेश गरेका हुन् ।
पूर्व माओवादी केन्द्रका कैलालीस्थित गाउँ कमिटीका नेताहरू नेकपामा प्रवेश गरेका छन् । उनीहरूलाई कैलालीको बर्दगोरियामा पार्टीका केन्द्रिय सदस्य राम प्रसाद तिमिल्सिना र नेकपा कैलाली जिल्ला सेक्रेटरी गणेश ढकालको उपस्थितिमा प्रवेश गराइएको हो ।
पूर्व माओवादी केन्द्रका गाउँ कमिटी नेताहरु हरिराम चौधरी, भल्भन्सा मंगल चौधरी लगायत २९ जना विभिन्न पार्टी बाट प्रबेश गरेका छ्न । उनीहरु सबैलाई नेकपाका केन्द्रीय सदस्य आरपी तिमिल्सिनाले रातो टिका लगाएर स्वागत गरेका थिए ।
२०७५ असार ३० गते दिउँसो ३ : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :