काठमाडौँ : पाकिस्तानको चुनावी र्यालीमा आत्मघाती बम आक्रमण भएको छ । आक्रमणबाट कम्तीमा १२८ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । पाकिस्तानको दक्षिण–पश्चिम बोलिचिस्तान प्रान्तमा आयोजित चुनावी र्यालीमा एक आत्मघाती आक्रमण हुँदा ठूलो मानवीय क्षति भएको हो । जुलाई २५ मा हुन लागेको निर्वाचनलाई लक्ष्य गरेर पाकिस्तानमा एकपछि अर्को आक्रमणको घटना बढिरहेका छन् । इस्लामिक स्टेट (आईएस) ले विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको छ ।
२०७५ असार ३० गते दिउँसो १२ : ३६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्