नेकपाका केन्द्रीय सदस्य शाह गिरफ्तार

सुनसरी : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष देवनारायण शाहलाई प्रहरीले गिरफ्तार गरेको छ । अध्यक्ष शाहलाई बिहीबार दिउँसो सुनसरीको सदरमुकाम इनरुवाबाट गिरफ्तार गरिएको हो । शाहलाई भेटघाट कार्यक्रम गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको नेकपाले जनाएको छ । नेकपाका पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले बिनाकारण आफ्ना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरिएकोप्रति आपत्ति जनाउँदै बिनासर्त तत्काल रिहाइको माग गरेका छन् । कमान्ड इन्चार्ज विरहीले तत्काल रिहा नगरे सशक्त संघर्षको कार्यक्रम घोषणा गर्न आफ्नो पार्टी बाध्य हुने बताएका छन् ।
२०७५ असार २८ गते अपरान्ह ४ : ५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :