पाल्पामा बस दुर्घटना, २६ जना घाइते

तस्वीर: प्रकाश डुम्रे

पाल्पा : पाल्पाको भालेबासमा बिहीबार बिहान यात्रुबाहक साधन दुर्घटना हुँदा २६ जना घाइते भएका छन भने एक जना गम्भिर घाईते भएका छन् ।विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा लु १ ख ७२७२ नं को बस दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीरर घाइते हुनेमा भालेवास ८ का विष्णु मल्ल रहेका छन् । उक्त बस सडकबाट १५ मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइतेहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज, तानसेन लैजाँदै गरिएको प्रहरीले जनाएको छ ।
२०७५ असार २८ गते बिहान ११ :२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :