प्रचण्डका नेता–कार्यकर्ताहरु विप्लवतिर

काठमाडौँ : तत्कालीन नेकपा (माओवादी केन्द्र) एमालेसँग पार्टी एकता गरेपछि यतिबेला क्रान्तिकारीहरु ध्रुवीरकरण तथा पार्टी प्रवेशलाई तीव्रता दिएका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीले पनि ध्रुर्वीकरण तथा पार्टी प्रवेश कार्यक्रम सोमबार सम्पन्न गरेको छ । रुपन्देहीको भैरहवामा विभिन्न संगठन परित्याग गरी केन्द्रीय सदस्य लगायत १३ जना विप्लव नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी)मा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा तत्कालीन प्रचण्ड नेतृत्वको (माओवादी केन्द्र) निकट विद्यार्थी केन्द्रीय सदस्य हबिब खान, फोरम विद्यार्थीका केन्द्रीय सदस्य देवराज लोध, फोरमकै विद्यार्थी उपाध्यक्ष मनोहर चौधरी, फोरमकै विद्यार्थीका सचिव अंकित चौधरी, माओवोदी केन्द्रका जिल्ला सदस्य खुर्सिद आलम, माओवादी केन्द्रका महेन्द्र माझी, जङ्गबहादुर हरिजन, निरमाया रागा, उदय गौतम, अनिल हरिजन, रमेश हरिजन, प्रेङ्का यादव, राजेन्द्र यादव रहेका छन् । नेकपा रुपन्देही इन्चार्ज शरद ओलीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा अतिथि २ न क्षेत्रीय इन्चार्ज बिनोद खनाल , अनेमसंघ अध्यक्ष रेखा खनालको आतिथ्यतामा भएको कार्यक्रमको संचालन तथा अध्यक्षता रमेश गैरे, स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष गोपाल रोकाले गरेका थिए भने ध्रुवीकरणबाट आएका जङ्गबहादुर हरिजनले मन्तव्य राखेका थिए ।

२०७५ असार २५ गते बेलुका ९ : २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :