नेकपा कर्णाली सङ्घर्षमा होमियो, असार २५ गते कर्णाली बन्द

मुगु : नेकपाको कर्णाली ब्युरोले शनिबार मुगुको गमगडीमा आयोजना गरेको एकीकृत जनजागरण अभियानअन्तर्गत सामना सांस्कृतिक परिवारको कार्यक्रम भइरहेको समयमा सरकारले एकतर्फी हमला गरेको भन्दै त्यसका विरुद्ध प्रतिरोध सङ्घर्ष घोषणा गरेको छ । कार्यक्रममा असार २५ गते कर्णाली बन्दसमेत आयोजना गरिएको छ ।

कार्यक्रममा हमला गरी माइक खोस्ने, मञ्च तोडफोड गर्ने, हजारौँ जनतामाथि आक्रमण गर्ने, अश्रुग्याँस र हवाईफायर गर्ने, नेता–कार्यकर्ता र कलाकारलाई घाइते बनाएर गिरफ्तार गर्ने हिटलरी फासिवादी कार्य गरेको भन्दै कर्णाली ब्युरोका इन्चार्ज एटम बीसीले सङ्घर्ष घोषणा गरिएको जनाएका हुन् ।

इन्चार्ज बीसीद्वारा शुक्रबार जारी विज्ञप्तिमा राष्ट्रघाती, भ्रष्ट, कमिसनखोर, जनविरोधी केपी सरकारको हमला र हस्तक्षेपको भत्र्सना गरेका छन् । विज्ञप्तिमा दमनले प्रतिरोध र विद्रोह जन्माउने र जस्तासुकै मै हुँ भन्ने शासकहरू पनि धराशयी हुने उदाहरण प्रस्तुत गर्दै एटमले दमन गर्नु सरकारले आफ्नै मृत्यु निम्त्याउनु हो भन्नेसमेत प्रस्ट पारेका छन् ।

नेकपा कर्णाली ब्युरोका सङ्घर्षका कार्यक्रम
असार २३ गते शनिबार कर्णाली क्षेत्रभर कोणसभा, विरोधसभा र भण्डाफोरसभा ।
असार २४ गते आइतबार कर्णालीका सबै जिल्लामा मशालजुलुस प्रदर्शन ।
असार २५ गते सोमबार कर्णाली बन्द ।
कर्णाली ब्युरोका इन्चार्ज एटमद्वारा जारी हस्तलिखित प्रेसविज्ञप्ति :

२०७५ असार २३ गते शनिबार मध्यान्न १२ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :