नेकपा र प्रहरीबीच झडप / ३ प्रहरीसहित ६ जना घाइते

काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टी कर्णालीले मुगुमा आयोजना गरेको जनसभामाथि प्रहरीले हस्तक्षेप गरेको छ । शुक्रबार मुगुको सदरमुकाम गमगढीमा भएको उक्त सभामा सामना सांस्कृतिक पारिवारले नृत्य प्रस्तुत गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । दोहोरो झडपमा परी तीन प्रहरीसहित ६ जना घाइते भएका छन् । नेकपाको केन्द्रीय कार्यक्रमअन्तर्गत ‘एकीकृत जनजागरण अभियान’ को जनसभामा प्रहरीले हस्तक्षेप गरेको हो । उक्त कार्यक्रमस्थलबाट नेकपाका मुगु इन्चार्ज संगम र जिल्ला सचिवालय सदस्य अडिकलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज एटम बीसीले राज्यले शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप गर्नु निन्दनीय भन्दै भत्र्सना गरेका छन् । इन्चार्ज बीसीले गिरफ्तार परेका नेताकार्यकर्तालाई बिनासर्त तुरुन्त रिहाइको माग गर्दै आफ्नो पार्टीले शान्तिपूर्ण कार्यक्रम गर्न पाउनुपर्ने बताएका छन् । साथै, झडपपछि नेकपाले हजारौँ जनताको सहभागितामा विरोध प्रदर्शन गर्ने बताएको छ । नेकपाले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको प्रति स्थानीय कांग्रेसलगायत संसद्वादी पार्टीहरुलेसमेत विरोध गरेका छन् । घाइते नाम खुल्न बाँकी छ ।
२०७५ असार २२ गते अपरान्ह ३ ३३ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :