गाउँपालिकाका अध्यक्षमाथि जनपरिषदको कारबाही

काठमाडौं : जिल्ला जनपरिषद् बझाङले भ्रष्टाचार गर्नेहरुमाथि कारबाहीलाई तीव्र पारेको छ । यसैगरी जिल्लाका मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतलाई कारबाही स्वरुप शुक्रबार कालोमोसो दलेको छ । अध्यक्ष कठायतले विकासे बजेटमा कमिसन खाने, भ्रष्टाचार गर्ने र सेवाग्राहीलाई सेवा नदिएको भन्दै कालोमोसो दलिएको हो । त्यसैगरी तत्कालिन एमालेबाट निर्वाचित कठायतले रक्सी सेवन गरेर कार्यालयमा आएर सेवाग्राहीलाई धम्काउदै आएको आरोप पनि जनपरिषदले लगाएको छ ।
जिल्ला जनपरिषदले नेपाल सरकार र दातृ निकायमार्फत गाउँपालिकामा आएको बजेट कामै नगरी भ्रष्टाचार गर्दै आएको, आस्थाका आधारमा कर्मचारीमाथि विभेद गरेको, गाउँपालिकाको बजेट बितरणमा पार्टीकरण र राजिनीतिकरण गरेको र आफ्ना कार्यकर्ताविरुद्ध सुराकी गरेको दाबी गरेको छ । उसले पटकपटक सुझाव दिँदापनि नसच्चिएपछि चेतावनी स्वरुप कालोमोसो दलेको बताएको छ । केही हप्ता अगाडि जिल्लाकै साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई कालोमोसो दलिएको थियो ।

 

२०७५ असार १६ गते शनिबार मध्यान्न १२ : ५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :