रोल्पामा योङ्ग रेड फोर्स निर्माण / पूर्व जनमुक्ति सेनासहित ३० जना भन्दा बढि नेकपामा प्रवेश

काठमाडौँ : योङ्ग रेड फोर्स रोल्पाले संगठन निर्माण कार्यलाई तीव्रता दिएको छ ।
नेकपाले जनजागरण अभियान अन्तर्गत रोल्पाको सुकिदह गाउँपालिकामा पनि योंग रेड फोर्स समिति गठन गरेको हो । असलको नेतृत्वमा २५ सदस्यीय योङ्ग रेड फोर्स निर्माण गरिएको छ । एकीकृत जनक्रान्तिको कार्यदिशालाई सभ्य र सिष्ट तरिकाबाट राजनीतिक परिवर्तन गर्न र पुरानो संसदीय व्यवस्था विरुद्ध संघर्ष गर्न युवा संगठन निर्माण गरेको नेकपाले जनाएको छ ।
यसैगरी सुकीदह गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ । प्रचण्डले माओवादी केन्द्रलाई एमालेमा विलय गराएको र जनताका बीचमा खाएका कसमहरुलाई लत्याउदै गएको भन्दै पुर्व माओबादी केन्द्रका नेता तथा कार्यकर्ताहरु धमाधम नेकपामा प्रवेश गर्न थालेका छन् ।
पुर्व जनमुक्ति सेनाका बटालियन कमान्डर टिकाराम ओली ‘टाइगर’ सहित ३० बढी कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । उनीहरुले अहिलेको राज्य व्यवस्थाले जनताका मागलाई सम्बोधन गर्न नसक्ने र भ्रष्टाचार मौलाउदै गएकाले अब एकीकृत क्रान्तिले मात्र देशमा समृद्धि ल्याउने विस्वासका साथ आफुहरु नेकपामा प्रवेश गरेको नेकपा रोल्पाले जनाएको छ ।
योङ्ग रेड फोर्स गठन भएकाे भेलामा नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य तथा जना नमुना निर्माण विभागका केन्द्रीय सदस्य सुन्दर ओली प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा योङ्ग रेड फोर्सका केन्द्रीय सदस्य विश्लेषण, रेड फोर्सका जिल्ला संयोजक पृथ्वी, रोल्पा जिल्ला जनसरकार प्रमुख लालबहादुर ओली ‘विश्व’ र सुकीदह गाउँपालिका पार्टी इन्चार्ज क्षेत्रबहादुर चन्द ‘किरण’ को उपस्थिति रहेको थियो ।
२०७५ असार १० गते  अाइतबार साँझ ६ :३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :