जताततै चुनाव लक्षित विष्फोट

download

मकवानपुरः बैशाख ३०, भोली हुन गइरहेको स्थानीय चुनावलाई लक्षित गरेर मकवानपुर, मनहरीका २ स्थान, फाखेलमा १ स्थान, हात्तीसुँढेमा १ स्थान र पालुङका ३ स्थानमा शक्तिशाली बम विष्फोट भएका छन् । त्यसैगरी कैलालीको धनगढी, स्याङजा, तनहुँको दमौलीमा बम विष्फोट भएका छन् भने तनहुँकै भीरकोटमा एक यात्रुवाहक बाहनमा आगजनी भएको छ । त्यसै गरी चितवनको भरतपुर बस विसौनी र पोखराको सभागृहमा बम विष्फोट भएको खबर छ । त्यसैगरी पोखराकै लेक साइटस्थित निर्वाचन कार्यालयमा भएको विष्फोटका कारण कार्यालयको पर्खाल ढलेको छ भने घरमा क्षती पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :