पुष्पलाल प्रतिष्ठानमा भ्रष्टाचार / गंगा उप्रेती लडेपछि पोल खुल्यो


काठमाडौं : नेकपाका संस्थापक महासचिव पुष्पलालको नाममा स्थापित (पुष्पलाल स्मृति प्रतिष्ठान) मा व्यापक भ्रष्टाचार र आर्थिक अपचलन भएको छ । पुष्पलालका सहकर्मी तथा प्रतिष्ठानका एक जना सदस्यले सो जानकारी गराएका छन् । यसवर्ष नेकपाका स्थापना दिवस तथा सो प्रतिष्ठानको सभाकक्षमा कार्यक्रममा चलिरहेको समयमा एक हप्ताअघि मात्र किनेका कुर्सी भाँचिएर गंगा उप्रेती लडेपछि भ्रष्टाचारको पोल खुलेको हो ।

माधव नेपाल र लक्ष्मी उपाध्याय बालबाल बचेका थिए । सल्लाकोे काठका १५ सय पर्ने कुर्सी ५ हजारको बिल बनाएर व्यापक भ्रष्टाचार भएको वामपन्थी वयोयोद्धा नेता लक्ष्मीभक्त उपाध्यायले पनि स्वीकार गरेका छन् । हाल मात्र प्रतिष्ठानले १ सयवटा कुर्सी थपेको थियो ।

प्रतिष्ठानको निर्माणाधीनको वृद्धाश्रममा पनि व्यापक भ्रष्टाचार भएको जनगुनासो छ । दोस्रो तल्लामा ३५ लाख पनि नलाग्ने संरचनाको ८६ लाख बिल पेश गरिएको बताइन्छ । माधव नेपालको चुनावक्षेत्र रौतहटमा निगरानी नामका इन्जिनिएर र रौतहटकै ठेकेदारमार्फत भ्रष्टाचार भएको हो । प्रतिष्ठानको अध्यक्ष रहेका माधव नेपालकै संरक्षणमा भ्रष्टाचार भएको हो । पहिलो कार्यक्रम नै कुर्सी भाँचिएपछि माधव नेपालले “कुर्सी ल्याउने के हो ? बिल पेश गर” भन्दै झपारेका थिए । गत वर्ष बहुदलीय जनवादमा आधारित पुस्तकहरू छाप्न लाग्दा लक्ष्मीभक्त उपाध्याय, लोककृष्ण भट्टराई, गणेश पण्डित, कमलराज रेग्मीलगायतले चर्को विरोध गरेका थिए । माक्र्सवाद र पुष्पलालमा बहुलवादको स्थान नभएको भन्दै पुष्पलालको नाममा बहुलवाद जोडेर बदनाम गर्न नहुने भन्दै उनीहरूले विरोध गरेपछि प्रतिष्ठानले बहुुदलीय जनवादसँग सम्बन्धित कृतिहरू छापेका छन् ।

२०७५ असार ८ गते शुक्रबार बिहान ११ : १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :