तीन कम्युनिस्ट पार्टीद्वारा विरोध प्रदर्शन सुरु

 

काठमाडौं : केपी शर्मा ओली र प्रचण्ड गठबन्धनको सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेसँगै दैनिक उपभोग्य वस्तुमा अस्वभाविक रुपमा भएको मूल्यवृद्धिको विरोधमा तीन कम्युनिस्ट पार्टीले संयुक्त रुपमा आज अर्थात बिहीबार शान्तिवाटिकामा विरोध प्रदर्शन सुरु गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त रुपमा सरकारविरुद्ध संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।


यी तीन पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त मोर्चा बनाएर संघर्षका कार्यक्रम गर्दै आएका छन् । विरोध प्रदर्शनलाई तीनओटै पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
२०७५ जेठ ३१ गते दिउँसो २ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :