मेयरमाथि बम प्रहार

दमकः दमक नगरपालिका मेयर रोमनाथ ओली सवार बा २ झ ३९४९ नम्बरको स्कर्पिओ गाडीमा शक्तिशाली बम प्रहार भएको छ । सुकुम्बासीहरुको उठिबास लगाउने काममा मुख्य भुमिका खेल्दै आएको आरोप लागेका मेयर ओलीमाथि बुधबार बम प्रहार भएको हो । बम प्रहार भए पनि बम विस्फोट हुन नपाएपछि मेयर ओली बचेको स्थानीयले बताएका छन् । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको खबर छ ।
२०७५ जेठ ३० गते बिहीबार बिहान ११ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :