नेकपाले कालीकोटमा विशाल जनसभा गर्‍याे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले विशाल जनसभा सम्पन्न गरेको छ । सो पार्टीले देशव्यापी संचालन गरिरहेको एकीकृत जनजागरण अभियान अभियान अन्तर्गत कालीकोटको नरहरी गाउँपालिका स्थित कुमालगाउँमा आइतबार जनसभा सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुन (निर्माण)ले जनताको आशा र भरोसा गर्ने एक मात्र पार्टी भनेको विप्लवले नेतृत्व गरेको नेकपा भएको बताएका छन् ।
हाल देशभरी संचालन भइरहेको एकिकृत जनजागरण अभियानले आफ्नो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिलाई थप उचाइमा पुर्याउन मुख्य भूमिका रहने पनि उनले बताएका छन् । साथै, नेता निर्माणले जनयुद्धको बेलामा जस्तै कालिकोटका जनतालाई प्रतिक्रियावादी राज्य सत्ता विरुद्धको संघर्षमा साथ पनि आह्वान गरेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एटमलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा कालीकोटबासीहरुको उत्साह जनक सहभागिता भएको नेकपा कालीकोटले जनाएको छ । कार्यक्रममा सांस्कृतिकर्मीहरुले नृत्य पनि प्रस्तुत गरेका थिए ।
२०७५ जेठ २७ गते आइतबार बेलुका १० : १७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :