मानव अधिकारकर्मीद्वारा राजबन्दी भेटघाट


काठमाडौं : जिल्ला प्रहरी कार्यालय झापामा बन्दी बनाएका नेपाल कम्यस्टि पार्टीका केन्द्रीय सदस्य किरण राईलगायत ४ जनालाई मानव अधिकार कर्मीहरुको टोलीले बिहीबार भेटेका छन् । जनअधिकार, नेपालका केन्द्रीय अध्यक्ष एकराज भण्डारी, पत्रकार महाङ्घका पूर्व सचिव प्रभात चलाउनेलगायतका टोलीले उनीहरुलाई भेटेको जानकारी प्राप्त भएको छ । राईलगायत नेताहरुलाई धनकुटाको हिलेबाट २०७४ चैत ५ गते गिरफ्तार गरि सार्वजनिक अपराधको मुद्दा लगाएको थियो । उनीहरुलाई अदालतको विभिन्न समय र स्थानको आदेश उल्लङ्घन गर्दै उदयपुर, सुनसरी, मोरङ हुँदै हाल चन्द्रगढी, झापा हिरासतमा राखिएको छ । नेता राईलगायतलाई नेताहरुलाई झापा जिल्ला अदालतले थप १० दिनको म्याद थपिएको छ भने सर्वोच्च अदालले बन्दीहरुलाई थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको थियो ।
२०७५ जेठ २४ गते साँझ ७ : १२मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :