लाइभ इन्डस्ट्रीज प्रालिमाथि जनपरिषदको कारबाही

 

काठमाडौं : जिल्ला जनपरिषद चितवनले स्टार लाइभ इन्डस्ट्रीज प्रालिमाथि कारबाही गरेको छ । चितवनको कालिका नगरपालिका ११ शक्तिखोर स्थित उक्त उद्योगमा शनिबार बिहानै कारबाही गरिएको हो । सो प्रालिले शक्तिखोरका जनतासँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै कारबाही गरेको जनपरिषदले जनाएको छ । जनपरिषदद्वारा जारी पर्चामा उक्त प्रालिले जनतासँग गरेको पूर्व सहमति अनुसार खानेपानि आपुर्तिको काम नगरेको, कटान भइरहेको जग्गा तटबन्द नगरेको, सडक निर्माण नगरेको, उपरदाङ गढीको संरक्षणमा पहल नगरेको र खानी भन्दा माथिको बस्ती स्थानान्तर गर्न वेवास्ता गरेको उल्लेख गरिएको छ । उक्त इन्डस्ट्रीज प्रालि शशि न्यौपाने र रघुनन् माधुले सञ्चालन गर्दै आएका छन् । 

२०७५ जेठ १९ गते शनिबार बिहान ८ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :