भक्तपुरमा शक्तिशाली सिलिन्डर बम विष्फोट

Cylindar bum

भक्तपुरः बैशाख २९, भक्तपुर जिल्लामा अज्ञात समुहद्वारा शक्तिशाली सिलिन्डर बम विष्फोट गरेको छ । भक्तपुरको दुवाकोटस्थित राप्रपा नेता माधव खत्रीको घरमा विहान ३ बजे अज्ञात समुहद्वारा शक्तिशाली सिलिन्डर बम विष्फोट गरेको छ । विष्फोटबाट घर तथा पर्खालमा पूर्ण क्षति भएको स्थानीयले बताएका छन् । त्यसैगरी भक्तपुरको लोकन्थलीमा गएराती अज्ञात समुहद्वारा सिलिन्डर बम विष्फोट गरेको प्रहरीले जनाएको छ । सो विष्फोटकको जिम्मा हालसम्म कसैले नलिएको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :