नेकपाले कृष्णसेन इच्छुकलाई सम्झियो

काठमाडौं : एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने र शहिदका सपना पुरा गरेरै छोडने अठोट गरेको नेकपाले क्रान्तिकारी पत्रकार, साहित्यकार तथा सौन्दर्यचिन्तक कृष्णसेन इच्छुककाे स्मृतिदिवस मनाएको छ । सो पार्टीले महासचिव नेत्रविक्रम चन्द (विप्लव)को उपस्थितिमा कृष्णसेन इच्छुकको स्मृति दिवस मनाएको हो ।  कृष्णसेनको स्मृतिमा आइतबार आयोजना गरिएको एक कार्यक्रममा महासचिव विप्लवले नेपाली क्रान्तिकारी आन्दोलनका अथक योद्धा, कवि तथा साहित्यकार कृष्णसेनले देखाएको बाटोमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाएकाछन् । तत्कालीन नेपाली जनयुद्धको सुरुवातीदिनमा कृृष्णसेनको निकै ठूलो भूमिका रहेको बताउदै विप्लवले इच्छुक राजनैतिक, वैचारिक तथा सांगठनीक क्षेत्रमा दक्ष व्यक्ति भएको र नेपाली जनवादी साहित्यमा उनको विशेष योगदान रहेको बताएका छन् । महासचिव विप्लवले आफ्नो स्पष्ट र क्रान्तिकारी दुष्टिकोण सहित नेपालको क्रान्तिकारी आन्दोलनमा ठूलो योगदान पु¥याउने कृष्णसेन सधै अमर रहने बताउदै इच्छुक लगायत सम्पूर्ण सहिदहरुको सपना पुरा गरेरै छोड्ने प्रतिबद्धता गरेका छन्। तत्कालीन शाही सरकारले २०५९ जेठ ६ गतेका दिन काठमाडौंको बानेश्वरबाट पक्राउ गरी एक हप्तापछि जेठ १३ गते आजकै दिन कृष्णसेन इच्छुककाे हत्या गरेको थियो । उनलाई शाही सुरक्षा फौजले निकै अमानविय तरीकाले यातना दिएर महेन्द्र पुलीस क्लवमा हत्या गरेको थियो । इच्छुकको हत्या भएको १६ वर्ष सम्म पनि उनका हत्यारा कारबाहीको दायरामा आउनसकेका छैनन् ।  यसैबीच पत्रकार कृष्णसेनको स्मृतिदिवसमा क्रान्तिकारी पत्रकार संगठनले देशभरीनै विभिन्न कार्यक्रम गरेको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघ, क्रान्तिकारी पत्रकार संगठन नेपाल र क्रान्तिकारी पत्रकार महासंघको आयोजनामा काठमाडौंमा इच्छुकको १६ औं स्मृतिदिवसको अवसरमा प्रभाव फेरि कार्यक्रम गरिएको छ ।

२०७५ जेठ १३ गते दिउसो १ : ०० जे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :