अदालतको आदेशमा महिला नेतृ उपाध्यायसहित ४ जना रिहा


काठमाडौं :अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्यायलाई रिहा गरिएको छ । उपाध्यायसँगै नेकपा ललितपुरका सचिव विपिन घिमिरे, सरलबाबु कुवर र विकास महर्जन पनि रिहा भएका छन् । पक्राउ गरिएकाहरुलाई प्रहरीले बम विस्फोटक पदार्थ तथा ज्यान मार्ने उद्योग अन्तर्गत  मुद्दा चलाएको थियो । आइतबार ललितपुर जिल्ला अदालतमा भएको बहसपछि न्यायधिश जगतनारायण प्रधानको इजलासले रिहाको आदेश गरेको हो । बन्दीहरुका तर्फबाट बरिष्ठ अधिबक्ताहरु एकराज भण्डारी, विश्वप्रकास भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोख्रेल, डा. पुण्यप्रसाद खतिवडा, खेमानन्द अधिकारी, कान्ति ढुंगाना र नारायण तिवारीले बहस गरेका थिए । संगठनको काममा लागिरहेको बेला प्रहरीले उनीहरुलाई काठमाडौं र ललितपुरबाट पक्राउ गरेको थियो । बैशाख १३ गते महिला नेतृ उपाध्यायसँगै पक्राउ गरिएका नेकपा निकट योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राईलाई भने अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको छ । पक्राउ पश्चात राईलाई मोरङ लगिएको छ । विनाकाकारण आफ्ना नेताकार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपाले रिहाइको माग सहित नेपालबन्दको कार्यक्रम समेत गरेको थियो । साथै सम्बन्धीत संगठनहरुका अघिकारीले समेत पक्राउको विरोध र रिहाइको माग  गर्दै विज्ञप्ति जारी  गरेका थिए ।
२०७५  जेठ ७ गते सोमबार बिहान ८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :