संयुक्त विद्यर्थी संगठनले थप संघर्षको कार्यक्रम घोषणा

काडठमाडौं : शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा विभागद्वारा वैशाख २२ गते जारी गरेको विज्ञप्तिमा विद्यार्थी संगठनहरुले संघर्षको सम्पूर्ण कार्यक्रमहरु फिर्ता गर्ने भन्ने विषयप्रति आपत्ति जनाउँदै घोर भत्र्सना गरेको छ । आइतबार अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, राजपा विद्यर्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्वीयू (पाँचौं), राजपा विद्यार्थी फोरम, नेपाल , अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विष्णु नेम्बाङ र राष्ट्रवादी विद्यार्थी सङ्घसहितका सात विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आन्देलनरत विद्यँर्थीलाई नदेख्ने शिक्षा मन्त्रीको आँखा र मष्तिक समस्या देखिएकोले सिघ्र स्वस्थ्य लाभको कामना समेत गरेको छ । साथै, सात विद्यार्थी संगठनहरुले शिक्षा क्षेत्रमा भएको विकृति अन्त्यको लागि भन्दै संघर्षको कार्यक्रम घोषणा गरेको छ । विज्ञप्तिमा ‘वैशाख २३ गते पक्रकार सम्मेलन, वैशाख २४ गते चेतावनी पत्र बुझाउने, वैशाख २५ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने, वैशाख २६ गते संयुक्त अन्तक्र्रिया गर्ने र वैशाख २७ गते सयुक्त बैठक बसि शैक्षिक हड्तालसहितथको बहिस्कार र प्रतिरोधात्मक संघर्षको कार्यक्रम घोषणा गर्ने ’  उल्लेख छ ।
विज्ञप्तिको पूर्णपाठ –
२०७५ वैशाख २३ गते आइतबार अपरान्ह ४ : ४८ मा पकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :