पोखरामा मजदुर सम्मेलन सुरु

 

काठमाडौं : एकीकृत जनक्रान्ति जिन्दावाद ! राष्टघात, जनघात, भ्रष्टाचार र मजदुर आन्दोलन उत्पीडनका विरुद्ध हाम्रो अभियान ! एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको लागि छैटौं राष्ट्रिय सम्मेलन ! नाराका साथ भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १२९ औं मे दिवसको अवसर पारेर छौटौें राष्ट्रिय सम्मेलन मंगलबार पोखरामा सुरु भएको छ । सम्मेलनको उदघाटन गर्दै नेकपाका स्थायी समिति सदस्य तथा जनसरकार प्रमुख सन्तोष बुढामगर (विषम)ले सम्बोधन गर्दै हुनुहुन्छ । त्यस्तै सम्मेलनलाई  पोलिटनेकपाका केन्द्रीय सल्लाहकार सिमितका अध्यक्ष र्इश्वारीप्रसाद दाहाल (असारे काका), ब्युरो सदस्य तथा जनप्रतिनिधि सभाका सभाध्यक्ष उमा भुजेल(शिलु), केन्द्रीय सदस्य बन्धु चन्दलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको हाम्रा पोखरा संवाददाताले जानकारी दिएका छन् । कार्यक्रम सुरु हुनु भन्दा पहिले पोखराको विभिन्न स्थानबाट विशाल र्यालीसहित उद्घाटन सभामा हजारौं सहभागिता रहेको बताइएको छ ।

२०७५ वैशाख १८ गते मंगलबार अपरान्ह २ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :