टर्कीद्वारा पश्चिमाको प्रतिवाद

downloadअमेरिकामा १५ वर्षदेखि शरण लिइरहेका एकजना धर्मगुरु र सिरियामा आईएसआईका विरुद्ध अमेरिकी सेनासँगै काम गरेका वायुसेनाका प्रमुख सैन्य ‘कू’ मा संलग्न भएको रहस्य खुलेपछि युरोप र अमेरिकासँग टर्की रुष्ट भएको छ । युरोपेली युनियनको सदस्यताका लागि मृत्युदण्डको कानुन खारेज गरेको टर्कीले पछिल्लो सत्तापलटको घटनापछि मृत्युदण्डको प्रावधानका लागि संविधान संशोधनको प्रयास गर्दैछ । त्यसबाट पश्चिमी देश र टर्कीको सम्बन्ध थप चिसिने देखिन्छ । टर्कीको युरोपेली युनियनको सदस्यतामै प्रश्नसमेत उठ्न सक्छ । त्यसो भयो भने ईयू थप संकटतिर धकेलिनेछ । टर्कीको मानवअधिकारका विषयमा पश्चिमी देशहरूले आलोचना गरेपछि टर्कीले त्यसको कडा प्रतिवाद गरेको छ । साउन १५ गते राष्ट्रपति इर्दोगानले पश्चिमी देशहरूलाई चेतावनी दिँदै भने, ‘टर्की, हाम्रो प्रजातन्त्र र जनताको भविष्यको जसले चिन्ता गर्दैनन् उनीहरूले हामीलाई उपदेश नदिए हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :