चुनाव खारेजी अभियान तीव्र

Rolpa1

रातो खबर संवाददाता /दाङ, सुर्खेत  विप्लव नेतृत्वको नेकपाले घोषित चुनाव रोक्न रोल्पा, रुकुम, सल्यान, प्यूठान, कालिकोट, जाजरकोटलगायत मध्य पश्चिम र कर्णाली अञ्चलमा सभा, खुला जुलुश र घरदैलो अभियान तीव्र चलाएका छन् । स्थानीय प्रहरीको अवरोध र धरपकडका बावजुद उम्मेदवारको घरमा कालो झण्डा, पर्चा वितरण, पोष्टर टाँस्ने, भित्तेलेखनसमेत गरेका छन् । संसदीय दलाल व्यवस्थालाई सुदृढ गर्ने र जनयुद्धका उपलब्धी कुल्चनका लागि हुन गइरहेको चुनावमा भाग नलिन उनीहरुले सम्झाई बुझाई गरिरहेका छन् । उनीहरुले तुरुन्तै सुरु गर्ने जनसत्ताको चुनावमा भाग लिन पनि अपील गर्दै हिंडेका छन् । चुनावको पक्ष र विपक्षमा अभियान चलिरहेको बेला कतिपय उम्मेदवारको घरमा फायरिङसमेत भएको समाचार छ । ज्ञातव्य छ, सरकारले नेकपालाई प्रमुख सुरक्षा चुनौति घोषणा गरेको छ । प्राप्त समाचार अनुसार सो क्षेत्रका जनताले चुनावप्रति कुनै सरोकार नराखेको र आशावादी नदेखिएको बताइएको छ । नेकपाका राप्ती ब्युरो इञ्चार्ज सुवास र कर्णाली इञ्चार्ज एटमले ‘चुनावको विपक्षमा भइरहेका शान्तिपूर्ण जनपरिचालनमा हस्तक्षेप भए प्रतिरोध गरिने’ बताएका छन् । 

Rolpa

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :