विराटनगरमा प्रहरी आतंक

काठमाडौं : केही दिनअगाडि भारतीय कोशी बाढी नियन्त्रण कार्यालयमा सोमबार बम विस्फोट भएपछि बुधबार विराटनगरमा प्रहरी आतंक तीव्र पारेको छ । मोरङ प्रहरीले विराटनगर १४ का हृदयनारायण शाह, विराटनगर १३ का नरेशलाल कर्ण, पूर्व सांसद् बाबुलाल पासवान, बुढीगंगा गापाका सागर रायलगायत दजर्नौंको घरमा छापा मारेको छ । अहिले प्रहरीले शाही शासनकालको झल्को आउने गरी यात्रुवाहक बसबाट यात्रीहरुलाई निकालेर जाँच गरिरहेकोे छ भने भटभटे चलाउनेलाई हेल्मेट झिकेर अनुहार हेर्दै पठाउँदै गर्दै आएको छ । हामीलाई प्राप्त सूचनाअनुसार गृह मन्त्रालयलाई थाहा नदिई प्रम केपी ओलीको ठाडो आदेशमा पूर्वमा प्रहरी आतंक मच्चाएको बुझिएको छ ।

२०७५ वैशाख ६ गते बिहीबार अपरान्ह ६ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :