सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमै पढाउ

 

 

अम्बिका चन्द / काठमाडौं : अखिल क्रान्तिकारीले शैक्षिक सुधारका विभिन्न माग राख्दै शिक्षा मन्त्रालय देखि विभिन्न जिल्लाका शिक्षा कार्यालयसम्मलाई मागपत्र बुझाएको छ । विरगन्जमा रहेको जिल्ला शिक्षा कार्यालयको नाममा क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालद्वारा हस्ताक्षरित मागपत्रमा निजी र संस्थागत विद्यालयले बृद्धि गरेको यातायात शुल्क तत्काल खारेज गर्नुपर्ने, सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियतलिने पूर्व सहमति कार्यान्वयन हुनुपर्ने रहेका छन् । मंगलबार बुझाइएको मागपत्रमा सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउने अनिवार्य व्यवस्था गर्नुपर्ने नीजि विद्यालयहरुले पाँच वर्षसम्म पाठ्य पुस्तक परिवर्तन गर्न नहुने पनि माग पत्रमा लेखिएको छ । यस्तै विदेशी नाम र इन्टरनेशनल शब्द राखी मापदण्ड नपु¥याई संचालन गरिएका विद्यालयहरु खारेज गर्नुपर्ने र मन्टेश्वरीको नाममा भइरहेको अनियमित शुल्क असुली गर्नेलाई कारबाही गर्नुपर्ने पनिक्रान्तिकारीले माग पत्रमा उल्लेख गरेको छ ।

२०७४ चैत २७ गते अपरान्ह १० : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :