नेकपाले देशैभरी २९ औैँ जनआन्दोलन दिवस मनायो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले २९ औँ जनआन्दोलन दिवस कार्यक्रम देशको विभिन्न शहरमा मनाइरहेको छ । २०४६ सलालमा पञ्चायती व्यवस्थाको विरुद्ध आम जनताले सडकमा निस्केर आन्दोलन हुँदै गर्दा तत्कालीन संयुक्त राष्टिय जनआन्दोलनद्धारा चैत २४ गते देखि अनिश्चितकाली नेपाल बन्द घोषणा गरिएको थिाये उक्त दिन ललितपुर र भक्तपुरका जनताले घरेलु हतियारसहित कर्फु टोडेर काठमाडौँ प्रवेश गरेका थिए । त्यसैगरी २०६२ साल चैत २४ गते देखि पनि ज्ञानेन्द्र शाहीको शासनका विरुद्ध पनि आन्दोलन स्वरुप नेपाल बन्दको घोषणा गरेको थियो । २९औँ जनआन्दोलन दिवस पर्दछ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेकपाले आज काठमाडौँको रत्नपार्कमा संयुक्त जनआन्दोलन दिवस कार्यक्रम मनाएको छ । कार्यक्रममा हजारौँ जनताको सहभागीतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अनिल शर्मा (विरही), नेकपा (क्रान्तिकारी माओवादी)का राम श्रीष, नेकपा (मसाल)का रामप्रकाश पुरी र नेकपाका ऋिषी कट्टेललगात वत्ताहरुले विशेष सम्बोधन गरेका छन् । कार्यक्रमको अध्यक्षता राम श्रीष र सञ्चालन अनिल शर्मा विरहीले गरेका थियो । यसैगरी नेकपा लुम्बिनी ब्युरोले बुटवलमा २९औँ  जनआन्दोलन दिवसको अवसरमा वृहत प्रदर्शन एवम् विशाल जनसभाको आयोजना गरेको छ ।

जनसभामा पार्टीका पोलिट ब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द विरजञ्ग र केन्द्रीय सदस्य भेषराज भुषालले सम्बोधन गरेका थिए । यसैबीच नेकपा गण्डक ब्युरोले २९औँ जनआन्दोलन दिवस कार्यक्रम तनहुँको दमौलीमा मनाएको छ । जनसभालाई नेकपाका द्वय पोलिट ब्युरो सदस्य पदम राई (विकास) र उमा भुजेल र गण्डक ब्युरो इन्चार्ज साबित्री दुरा (आश्था)ले सम्बोधन गरेका थिए । यसैबीच नेकपाले आज मनाउदै गरेको जनआन्दोलन दिवस अवसरमा कैलालीको धनगढीमा हुँदै गर्दा नेकपाका कञ्चनपुर जिल्ला इन्चार्ज अग्नि धामी, विद्यार्थीका केन्द्र्रय सदस्य बिरेन्द्र साहलगायत ४ दर्जन भन्दा बढी नेताकार्यकर्ता गिरफ्तार भएका छन । धनगढी चटकपुरबाट हिडेको सेती महाकाली जुलुस धनगढी चौराइमा प्रहरीले लठ्ठी चलाउँदा १०० भन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा बढी महिलाहरू रहेको लक्ष्मी भट्टले बताए । यसैबीच नेकपा धनुषाले आयोजना गरेको धनुषा जिल्ला धनुषाधाम नपा स्थित तेजनगरगाउँमा २९ औँ जनआन्दोलन दिवस मनाएको छ । उक्त कार्यक्रममा सो पार्टीका धनुषा जिल्ला इन्चार्ज राजु कार्कीको प्रमुख आतिथ्यमा आदम कवारी, यौङ रेड फोर्सका सचिवालय सदस्य मोहित, बिहारी राय आतिथ्यमा सम्पन्न भएको सञ्चालन सेक्रेटरी अमर क्षत्रीले गरेका थिए ।
२०७४ चैत २४ गते अपरान्ह ४ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :