मेयरको राजिनामा माग

झापा : झापा जिल्लाको, मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यको राजिनामा जनपरिसद झापाले माग गरेको छ । जनपरिसद झापाका प्रमुख सुमनसिंह पौडेलद्वारा हस्ताक्षरित पत्र आज अर्थात चैत २४ गते बिमल आचार्यलाई बुझाइएको छ । जनयुद्ध र जनआन्दोलनको मर्म विपरित विदेशी उत्तरसाम्राज्यवादीहरुको योजनामा देशका दलालहरुले असफल संसदीय ब्यवस्थालाई जबर्जस्ती लाद्ने काम गरिराखेको र त्यसको माध्यमबाट रास्ट्रघात, भ्रस्टचार, तस्करी गरेर रास्ट्र र जनतालाई कंगाल बनाउदै लगिएको, अनावश्यक कर वृद्धि गरेर जनतालाई दुःख दिन थालेको हुनाले यो व्यस्थाबाट कुनैपनी प्रकारको सकारात्मक अपेक्षा राख्न नसकिने स्थिति रहेकोले राजिनामाको माग गरिएको पत्रमा उल्लेख गरिएको छ । अहिलेको स्थानीय निकाय र संसदीय व्यवस्थाको सबै अंग भ्रस्ट हुँदै गएको जनपरिसदले निस्कर्स निकालेको छ । तुरुन्त राजिनामा दिनु पर्ने कुरा पत्रमा उल्लेख छ, अन्यथा उत्पन्न परिस्थितिको जिम्मेवारी स्वएम हुनु पर्ने पत्रमा उल्लेख गरिएको छ ।

२०७४ चैत २४ गते मध्यान्न १२ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :