जनसत्ता रसुवाद्वारा जनप्रतिनिधिको राजिनामा माग

काठमाडौँ : जिल्ला जनपरिषद (जनसत्ता) रसुवाले स्थानिय तहका जनप्रतिनिधिको राजीनामा नदिए कारबाही गर्ने भएको छ । जिल्लाको पाँच वटै गाउँपालिकामा रहेका जनप्रतिनिधिहरुलाई पत्र पठाएर राजिनामाको माग गरेको हो । जिल्ला जनपरिषद रसुवाका प्रमुख विशाल भूषालले हस्ताक्षर गरेको पत्रमा पाँच वटै गाउँपालिकाका र वडाअध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलाई पत्र पठाएर राजीनामा दिन दबाब दिएका हुन् । सबै पाँच गाँउपालिका र त्यसमा रहेका सबै वडाका वडाध्यक्षलाई पत्र पठाएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विभिन्न हतकण्डा अपनाएर जबरजस्ती सम्पन्न गरिएको निर्वाचन अमान्य हुने भन्दै परिषद्ले स्थानीयतहका प्रमुख, उपप्रमुख र वडाअध्यक्षको राजीनामा माग सहितको चेतावनी शैलीको पत्र पठाएको छ । राजीनामा माग गरिएको पत्रमा लेखिएको छ ‘संसदीय सत्ताको प्रतिनिधि बनेर जनताको नजरमा कलंकित बन्नुको सट्टा आफ्नो पदीय ओहदाबाट राजीनामा दिई जनपरिषद्लाई बैकल्पिक जनसत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह’ गरिएको उल्लेख गरिएको छ । ‘राजीनामा नदिए बर्गसङ्घर्षको निशाना बनी निस्कने परिणामको जिम्मेवारी स्वंय हुनुपर्ने छ’
२०७४ चैत ८ गते अपरान्ह २ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :