जनसत्ताले बुझायो जनप्रतिनिधिहरुलाई राजीनामा पत्र

काठमाडौं : जनपरिषद (जनसत्ता) पर्साले वीरगञ्ज महानगरपालिका र बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयर र उपमेयरको राजीनामा माग गर्दै राजीनामा पत्र काटेर बुझाएको छ । जिल्ला जनपरिषद (जनसत्ता)का प्रमुख बुची यादवले सोमबार राजीनामा पत्र काटेर उनीहरुको राजीनामा माग गरेका हुन् । वीरगञ्ज महानगरका मेयर विजय सरावगी, उपमेयर शान्ति कार्की, जितपुर–सिमराका मेयर डा. कृष्णा पौडेल, उपमेयर सरस्वती चौधरीलाई राजीनामा दिन चेतावनी सहित नेकपाले पत्र पठाएको हो । प्रमुख यादवले पत्रमा लेखेका छन् ‘तपाईं दलाल संसदीय सत्ताको कथित जनप्रपतिनिधि बनेर बस्नु जनघात र राष्ट्रघातमा सहीछाप लगाउनु सरह हो । नेपाली जनताप्रति विश्वासघात गर्नु हो । मुलुक र जनतालाई फेरि युद्धतर्फ धकेल्ने कुरामा सहमति जनाउनु हो ।’ पत्रमा थप लेखिएको छ , ‘अतः हाम्रो जनसत्ताले दलाल संसदीय सत्ताको सम्पूर्ण पक्रिया र गतिविधिलाई खारेज गरेर अघि बढी रहेको सन्दर्भमा तपाईले यो पुरानो कथित प्रतिनिधिबाट तत्काल राजीनामा दिइ वैज्ञानिक समाजवाद स्थापनार्थ सञ्चालन हुने एकीकृत जनक्रान्तिमा साथ, सहयोग, सामेल र समर्थनका लागि हार्दिक अपील गर्न चाहन्छु ।’
२०७४ चैत ६ गते दिउँसो २ :४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :