रोल्पा जनसत्ताले माग्यो मेयरको राजीनामा

काठमाडौं : जिल्ला जनपरिषद् रोल्पाले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको ज्वाई एवं रोल्पा नगरपालिकाको प्रमुख पूर्ण केसीलाई आफ्नो पदबाट राजीनामा दिन माग गरेको । केसीको कार्यकक्षमै पुगेर एउटा सानो घर लुट्नेलाई कारागार र सिंगो राष्ट्र लुट्नेलाई सिंहदरबारको शासक बनाउने यो सत्ताले सहिद तथा बेपत्ताको सपना, उनीहरुको परिवारको आँसुको क्षतिपूर्ति दिन नसक्ने भन्दै जनपरिषद् रोल्पाले राजीनामा माग गरेको हो । ‘अहंकार, अराजकता, छलकपट, अन्याय, बेथिति, अपारदर्शी एवं अन्योलता सिर्जना गर्ने तपाईंको शासनको आयु लामो हुँदैन’ पत्रमा उल्लेख छ – जनता अभाव खप्न सक्छन, अपमान सहन सक्दैनन् त्यसैले अपमानबाट निष्केको आक्रोश भयानक हुनसक्छ । त्यसबेला पश्चाताप गरेर बस्नुबाहेक कुनै उपाय बाँकी रहने छैन । वैज्ञानिक समाजवादको आधार तयार भएको दावी गर्दै जनपरिषद् रोल्पाले चाँडै राजीनामा गरेर जनताको सरकारलाई सहयोग गर्न आग्रह गर्नुका साथै उक्त आग्रहलाई बेवास्ता गरे सम्पूर्ण परिस्थितिको जिम्मेवार हुनुपर्ने चेतावनीसमेत दिएको छ ।
२०७४ चैत ५ गते अपरान्ह ३ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :