विप्लवलाई उत्तेजित नबनाउ वार्ता गर : श्रेष्ठ

अम्बिका चन्द / काठमाडौं : तत्कालीन नेकपा (माओवादी)का पोलीटब्युरो सदस्य रवीन्द्र श्रेष्ठले सरकारले विप्लव नेतृत्वको नेकपालाई वार्ताको लागि आह्वान गर्नुपर्ने बताएका छन् । उनले सेना र प्रशासकहरुसमेत विप्लवसँग वार्ता गर्नुपर्छ भनिरहेको बेला नेताहरुले भाषणमा मात्र तितो पोख्ने काम नगरी नेकपालाई वार्ताको लागि औपचारिक आह्वान गुर्नपर्ने र मध्यस्थकर्ताहरुको टोली बनाउनुपर्ने धारणा राखेका छन् ।

श्रेष्ठले एक अनलाईमा लेखेका छन् –‘अहिले कतिपय नेताहरु विप्लवलाई बल प्रयोग गरेर तह लगाउनु पर्दछ भन्नेमा छन् भने कतिपय सेना र प्रशासनमा रहेका व्यक्तिहरु विप्लवसँग वार्ता गरेर जानुपर्दछ भन्नेमा छन् । सापेक्षरुपमा शान्तिपूर्ण स्थिति नभइकन देश विकासका कामहरुलाई अगाडी बढाउन कठिन हुने यथार्थ बुझेर पनि विप्लव नेतृत्वको पार्टीलाई बल प्रयोग गरेर तह लगाउछु भन्ने बाटोमा यो सरकारलाई धकेल्नु भनेको तत्कालीन गिरीजा प्रधानमन्त्री र देउवा गृहमन्त्री भएको बेलाको सरकार बनाउनु जस्तै हो । २०४८ सालको सरकारले काठमाडौं र पाटनमा निहत्था जुलुशमाथि गरिएको गोली प्रहार तथा रोल्पा रुकुममा चलाएको रोमीयो अप्रेशनले आखिर के दियो रु नेताहरुले भाषणमा तितो पोख्ने मात्र नभइ औपचारीक रुपमा वार्ताको लागि आह्वान गर्ने तथा मध्यस्थकर्ताहरुको टोलीलाई जिम्मा दिने लगायतका कामहरु तत्काल गर्नु सरकारलाई नै राम्रो हुनेछ ।’

केही दिन यता नेकपालाई लक्षित गरी माओवादी अध्यक्ष प्रचण्डले ‘विप्लवले माखो पनि मार्न नसक्ने र सरकारले बल प्रयोग गरेर जानुपर्ने जस्ता अभिव्यक्ति दिइरहेको बेला पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठले प्रचण्डको उक्त भनाइले विप्लवलाई उत्तेजीत बनाउने भन्ने टिप्पणी गरेका छन् ।

उनले भनेका छन्–‘प्रधानमन्त्री ओली र गृहमन्त्री बादल भएको बेला सशस्त्र विद्रोह गरोस भद्रगोल मच्चीयोस र मेरो प्रधानमन्त्री बन्ने पालो आउछ भन्ने प्रचण्डको चाहना हुन सक्दछ । विप्लवले माखो मार्न सक्दैनन् भन्नुु अगाडी प्रचण्डले आम जनता र कार्यकर्ताहरुलाई यो बताउनु पर्दछ कि तत्कालीन जनसेनासँग भएका एके ४७ र एम १६ राइफल र रकेट लन्चरजस्ता अत्याधुनिक हतियारहरु सरकारलाई नबुझाइकन लुकाइएका थिए कि थिएनन रु र ती हतियारहरु विप्लव नेतृत्वको हातमा गएको हो कि होइन रु यो सबैलाई थाहा भएको विषय हो कि ०५२ सालमा बादर मार्न प्रयोग गरिएका भरुवा बन्दुकको भरमा दश वर्ष युद्धको आधि वेहरी श्रृजना गर्न सक्षम रहेको इतिहास साछी छ ।’

नेकपाले गरेका शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षप हुनु,नेताहरुका नाममा वारेन्ट जारी हुनु र पक्राउ पुर्जी टाँसीनुले विप्लव नेतृत्वको नेकपा उत्तेजीत मात्र हुने र यो कदम वर्तमान ओली सरकारकै लागि आत्मघाती हुने नेता श्रेष्ठको विश्लेषण छ ।

२०७४ चैत ३ गते मध्यान्न १२ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :