नयाँ आर्थिक नीति

राजनीतिक शिक्षा विभागका कामहरू १७ अक्टुबर, अखिल रसियाली कङ्ग्रेसमा पेस गरिएको राजनीतिक शिक्षा

सन् १९२१ मा लेनिनको नेतृत्वमा तत्कालिक सोभियत संघमा नयाँ आर्थिक नीति ९त्जभ लभध भअयलयmष्अ उयष्अिभ(ल्भ्ए० लागु भएको थियो । उक्त नयाँ आर्थिक नीतिका बारेमा कमरेड लेनिनले १९२१ अक्टोवर २७ का दिन अखिल रसिया राजनीतिक शिक्षा विभागहरुको दोस्रो महाधिवेशनमा लामो प्रवचन दिनुभएको थियो । यसै नयाँ आर्थिक नीतिलाई सोभियत संघको समाजवादी अर्थनीतिका रुपमा बुझिने गरिएको छ । नेपालमा अहिले समाजवादी राज्य प्रणालीको बहस भइरहेको छ । यसै सन्दर्भमा समाजवादी अर्थ व्यवस्थाभित्र आर्थिक नीति कस्तो हुन्छ भन्ने बारेमा जानकारी राख्नका लागि उपयुक्त ठहरिएकाले हामीले उक्त भाषणलाई नेपालीमा भाषान्तरण गरी नियमित रुपमा प्रकाशन गर्ने भएका छौ ।

विभागको रिपोर्ट १९२१
कमरेडहरू, म यस रिपोर्टलाई, जस्तो म बुझ्दछु, नयाँ आर्थिक नीतिमाथि र यस नीतिबाट उत्पन्न राजनीतिक शिक्षा विभागका कामहरूमाथि केन्द्रित गर्न चाहन्छु वा तिनबारे केही कुरा गर्न चाहन्छु । मेरा विचारमा ती प्रश्नबारेका रिपोर्टहरूलाई सीमित गर्नु एकदमै गलत हुनेछ जो सामान्यतः पार्टीमा वा सोभियत गणतन्त्रमा जे भइरहेको छ, त्यससम्बन्धी मूल सूचनामा प्रतिबन्ध लगाउनु तोकिएका सभालाई दिइएका कार्य क्षेत्रभित्र पर्दैनन् ।

सोभियत सरकार वा रसियन कम्युनिस्ट पार्टी (R.C.P)को नीतिमा आकस्मिक परिवर्तन

कमसे कम जब मचाहिँ यस्ता सूचनाको मूल्य र सबै किसिमका प्रश्नहरूमा सभाको उपयोगिताबारे अस्वीकार गर्दिनँ, तैपनि म हाम्रा धरैजसो सम्मेलनका कार्यतालिकामा मुख्य कमजोरी के पाउँछु भने ती आफ्ना अगाडिका व्यावहारिक समस्याहरूसँग प्रत्यक्ष वा तुरुन्तै जोडिएका हुँदैनन् । यी त्यस्ता कमजोरी हुन् जसका बारेमा म बोल्न चाहन्छु ती हुन् नयाँ आर्थिक नीतिको पक्ष र त्यसको सम्बन्ध ।

नयाँ आर्थिक नीतिका बारेमा र सामान्य शर्तका बारेमा म संक्षेपमा बोल्नेछु । साथीहरू, तपाईंहरूमध्ये अत्यधिक बहुमत कम्युनिस्टको छ, यद्यपि तपाईंंहरूमध्ये केही ज्यादै साना पनि हुनुहुन्छ, तपाईंंहरूले हाम्रो क्रान्तिका प्रारम्भिक वर्षहरूमा हाम्रा आम नीतिलाई अगाडि बढाउन महत्त्वपूर्ण ढङ्गले मिहिनेत गर्नुभएको छ । यस कामको ठूला हिस्सामा काम गर्दागर्दै पनि तपाईंं हाम्रो सोभियत सरकार र हाम्रो कम्युनिस्ट पार्टीले हामीले भन्ने गरेको नयाँ अर्थात् हाम्रो विगतको आर्थिक नीतिका सन्दर्भमा नयाँ आर्थिक नीति ग्रहण गर्नमा आकस्मिक परिवर्तन गरेको हेर्न मन पराउनुहुन्न ।

तैपनि सारमा यस नयाँ नीतिले हाम्रो अघिल्लो आर्थिक नीतिले ग्रहण गरेका भन्दा अझ धेरै पुराना तत्त्वहरू समावेश गरेको छ । किन ? किनभने हाम्रो अघिल्लो आर्थिक नीति, यदि हामी भरपर्दाे भन्न सक्दैनौँ (सामान्यतः त्यसबेला विद्यमान परिस्थितिमा हामीले कमै गणना ग¥यौँ) अनि अनुमानित खास डिग्रीमा अथवा भनौँ कि हिसाब–किताब–बिनाकै खास मात्रामा, त्यसमा पुरानो रसियाली अर्थतन्त्रबाट कम्युनिस्ट धारणाअनुसारको राज्य उत्पादन र वितरण प्रणालीमा सिधै सङ्क्रमण हुनेछ ।

यदि हामीले विगतमा हामी आफैँले प्रकाशमा ल्याएका आर्थिक इतिहासको स्मरण ग¥यौँ भने, यदि हामीले रसियामा शक्ति हातमा लिनुभन्दा पहिले र त्यसपछि तुरुन्तै कम्युनिस्टहरूले के लेखे भन्ने स्मरण ग¥यौँ भने उदाहरणका लागि सन् १९१८ का सुरुतिर, जब पुरानो रसियामाथि पहिलो राजनीतिक कारबाही समाप्त भयो, जब सोभियत गणतन्त्र निर्माण भयो, साम्राज्यवादी युद्धबाट रसिया मुक्त भयो, त्यस एउटा अद्भूत विजयकालमा हाम्रो अर्थतन्त्र ध्वस्त थियो, यो साँचो हो तर त्यति सारो थिएन जति मेन्सेभिकहरू, समाजवादी क्रान्तिकारीहरू र साम्राज्यवादीहरूले दिएको सल्लाहअनुसार पितृभूमिको रक्षा जारी राख्दा रसियाले व्यहोर्नुपथ्र्यो । यदि हामीले त्यो सबै स्मरण गर्ने हो भने हामीले के बुझ्नुपर्छ भने सुरुका अवधिमा जब हामीले सोभियत सरकार निर्माणको पहिलो कदम पूरा गरेका थियौँ र साम्राज्यवादी युद्धबाट भर्खर मात्र मुक्त भएका थियौँ, आर्थिक विकासका क्षेत्रमा हाम्रा कामका बारेमा हामीले जे भनेका थियौँ, त्यो सन् १९१८ को पछिल्लो आधा समय र १९१९ र १९२० भरिको हाम्रो कार्यभन्दा एकदमै बढी सतर्क र सावधानीपूर्ण काम थियो ।

त्यस निर्णयले कृषि खेतीपातीतिर सोचविचार गर्नुपर्ने आवश्यकतातिर सङ्केत गथ्र्याे र त्यो त्यस रिपोर्टमाथि आधारित थियो । त्यो राष्ट्रिय पुँजीवादको एउटा कृषिप्रधान देशमा समाजवाद निर्माण गर्ने भूमिकालाई अनुमति दिने रिपोर्टमा आधारित थियो । त्यस रिपोर्टले आफ्नै, व्यक्तिगत, एक व्यक्तिमा अधारित जिम्मेवारीका महत्त्वमाथि जोर दिन्थ्यो । त्यसले राज्यशक्तिलाई सङ्गठित गर्ने राजनीतिक कामबाट र सैनिक कामबाट पृथक् राज्य प्रशासनमा त्यस पक्षको महत्वमाथि जोर दिन्थ्यो ।

हाम्रो त्रुटि

सन् १९१८ का सुरुतिर हामीलाई त्यस अवधिको अपेक्षा थियो जसमा शान्तिपूर्ण निर्माण सम्भव हुन्थ्यो । जब ब्रेस्ट शान्ति सम्झौतामा हस्ताक्षर भयोे केही समयसम्म खतरा घटेको छ र शान्तिपूर्ण निर्माण सुरु गर्न सम्भव होला भन्ने लागेको थियो परन्तु हामीले गल्ती बुझेछौँ किनभने सन् १९१८ मा चेकोस्लोभाक विद्रोह र गृहयुद्धको विष्फोटका रूपमा एउटा यथार्थ सैनिक खताराले हामीलाई उछिन्यो जसले हामीलाई सन् १९२० सम्म लता¥यो । अंशतः हामीमाथि हावी भएको युद्धको समस्याका कारण र साम्राज्यवादी युद्ध समाप्त भएपछि गणतन्त्रले प्राप्त गरेको निराशाजनक अवस्थाका कारण, यी र अन्य थुप्रै यस्तै परिस्थितिका कारण हामीले सिधै कम्युनिस्ट उत्पादन र वितरण प्रणालीमा जाने त्रुटिपूर्ण निर्णय ग¥यौँ । हामीले के ठान्यौँ भने अतिरिक्त खाद्य छुट्ट्याएर राख्ने परिपाटीअन्तर्गत किसानहरूले हामीलाई पर्याप्त मात्रामा अनाज दिनेछन्, जसलाई हामी फ्याक्ट्रीहरूमा वितरण गर्नेछौँ र त्यसरी कम्युनिस्ट उत्पादन र वितरण प्राप्त गर्नेछौँ । हामीले यस योजनालाई त्यसैगरी यति सुनिश्चित रूपले र यति स्पष्ट रूपले चित्रित ग¥यौँ भनेर म भन्न सक्दिनँ, परन्तु हामीले त्यस लाइनमा हचुवा÷अनुमानित ढङ्गले काम ग¥यौँ । दुर्भाग्यले त्यही यथार्थ हो । दुर्भाग्य भनेर म किन भन्छु भने सानो अनुभवले हामीलाई त्यो लाइन गलत हो भन्ने विश्वस्त पा¥यो । यो त्यसका विरुद्ध गयो जसलाई हामीले पुँजीवादबाट समाजवादमा सङ्क्रमणका बारेमा पहिले नै लेखिसकेका थियौँ । अर्थात् साम्यवादको न्यूनतम तह प्राप्त गर्नमा समाजवादी दायित्व र नियन्त्रणका अवधिलाई उपेक्षा गर्न असम्भव हुनेछ । सन् १९१७ पछि, जब शक्ति हातमा लिने समस्या उठ्यो र यसलाई बोल्सेभिकले सम्पूर्ण जनतासमक्ष व्याख्या गरे हाम्रो सैद्धान्तिक साहित्यले निश्चित रूपमा समाजवादी दायित्व र नियमनद्वारा पुँजीवादी समाजबाट (अनि सङ्क्रमणको बढी लामो समय लियौँ भने कम विकसित) साम्यवादी समाजका पद्धतिहरूमध्ये एउटातर्फ एउटा लामो जटिल सङ्क्रमणको आवश्यकतामाथि दबाब दिंदै थियो ।

एउटा रणनीतिक पश्चगमन

त्यतिबेला जब गृहयुद्धको ताप थियो, हामीले आर्थिक सङ्गठनमा आवश्यक कदम चाल्न पथ्र्याे, सायद त्यो बिर्सियो । निचोडमा हाम्रा नयाँ आर्थिक नीतिले यस बिन्दुमा गम्भीर हार खानुपरे पनि हामीले एउटा रणनीतिक पश्चगमन सुरु ग¥यौँ भन्ने सङ्केत गर्छ । परिणमतः हामीले भन्यौँ : पूर्णतः जरा गाड्नुभन्दा पहिले हामी पछि हटौँ र हरेक कुरालाई पुनर्गठित गरौँ तर दृढ आधारमा । यदि कम्युनिस्टहरूले नयाँ आर्थिक नीतिका प्रश्नलाई स्पष्टतः परीक्षण गरे भने तिनका दिमागमा अंश मात्र पनि शङ्का रहन सक्दैन कि हामीले आर्थिक मोर्चामा एउटा गम्भीर हार व्यहोरेका छौँ । वास्तवमा, यस्तो परिस्थितिमा केही मानिस निराश हुनु अपरिहार्य छ । झन्डै आतङ्कित हुने र पश्चगमनका कारण ती मानिसहरू आतङ्कमा परिणत हुनतिर लाग्नेछन् । त्यो निश्चितप्रायः छ । जब लालसेना पछि फक्र्यो के त्यो उसका सत्रुसित लडाइँ थियो, विजयको पूर्वाभ्यास थिएन ? तैपनि प्रत्येक मोर्चामा हरेक पछिहटाइ केही समयका लागि केही मानिसहरूलाई आतङ्कको कारण बन्यो । तर प्रत्येक अवसरमा कोलचक मोर्चामा, डेनिकिन मोर्चामा, युदेनिक मोर्चामा, पोल्याण्ड मोर्चामा र वारङ्गल मोर्चामा एकपटक हामी बेसरी प्रहारमा परिराख्यौँ (कहिले काहीँ एक पटकभन्दा बढी पनि) हामीले यस उखानलाई चरितार्थ गरिदियौँ ः पिटाइ खाएको एउटा व्यक्ति नखाएका अरू दुईजना बराबर हुन्छ । साँच्चै नै आर्थिक मोर्चाको काम युद्धमोर्चाको कामभन्दा ज्यादै कठीन हुन्छ, यद्यपि त्यसमा रणनीतिको प्रारम्भिक रूपरेखाका बीच एउटा सामान्य समानता हुन्छ । सिधै साम्यवादतर्फ जाने प्रयासमा सन् १९२१ का वसन्तमा हामीले कोलचक, डेनिकिन वा पिल्सुडस्कीका मोर्चामा लादिएको कुनै हारभन्दा आर्थिक मोर्चामा अझ गम्भीर हार व्यहो¥यौँ । यो हार ज्यादै गम्भीर प्रकारको महत्त्वपूर्ण र खतरनाक हार थियो । यो हाम्रो आर्थिक नीतिका उच्च तहका प्रशासकहरूको पृथकीकरणमा व्यक्त भएको थियो । क्रमशः स्रोत : रातो खबर साप्ताहिक
२०७४ चैत ३ गते बिहान ११ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :