वृहत् जनसांस्कृतिक सम्मिलन हुने

काठमाडौं : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले निरन्तर रुपमा राष्ट्रियता, जनतन्त्र र जनजीविका साथै, नेपाली जनताको वास्तविक जनसंस्कृति र नेपाली समाजमा जनसांस्कृतिक मूल्यको स्थापनार्थमा संघर्ष गर्दै आइरहेको छ । यसैबीच महासङ्घले नेपालमा नयाँ तथा पुरानो पुस्ताका क्रियाशील चलचित्रकर्मीहरूको सहभागितामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी सङ्घ, केन्द्रीय समितिको आयोजनामा वृहत् ‘जनसांस्कृतिक सम्मिलन’ कार्यक्रम यही चैत ३ गते (शनिबार) ठिक १२ बजे अनामनगरस्थित संवादडबलीको सभाकक्ष हुने भएको छ । महासङ्घका महासचिव खेम थपलियाले उक्त कार्यक्रममा समाचार सङ्कलन/प्रकाशन/प्रसारणका निमित्त उपस्थिति भएर सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् ।
२०७४ चैत २ गते दिउँसो २ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :