महत्वपूर्ण निर्णय गर्दै जनप्रतिनिधिसभाको प्रथम बैठक सम्पन्न

काठमाडौं : शान्ति, समृद्धि, स्वाधीनता र समानताका लागि वैज्ञानिक समाजवाद ! मुुल नाराका साथ भोजपुरा स्वायत्त प्रदेश अन्तर्गत बारा जिल्लाको जनप्रतिनिधिसभाको प्रथम जिल्ला अधिवेशन बिहीबार नेकपाका नारायणी ब्युरो इन्चार्ज मिलनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जन प्रतिनिधीसभा बाराको प्रथम जिल्ला अधिवेशनले अर्जुन सापकोटालाई सभाध्यक्षमा निर्वाचित गर्नुका साथै २१ सदस्यीय जिल्ला जनप्रतिनिधी सभा गठन गरिएको छ । जनप्रतिनिधीसभाको प्रथम बैठकले रामेश चौधरीलाई जिल्ला जनपरिसद (जनसत्ता) प्रमुखमा निर्वाचित गरेको छ । प्रथम जिल्ला अधिवेशनको उद्धघाटन गर्दै प्रमुख अतिथि मिलनले दलाल तथा सामाजिक दलाल पुँजीवादी तत्वले संचालन गरेका वर्तमान दलाल संसदवादी सत्ताले राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, तस्करी, घुसखोर र विचौलिया प्रवृतिका कारणले मुलुकमा राष्ट्रघाति तथा जनघाति गतिविधी बढिरहेको बताउदै यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि एकताबद्ध भएर अघि बढ्नु पर्ने बताएका छन् । उनले दलाल संसदवादी सत्ता जनविरोधी तथा राष्ट्रविरोधी गतिविधीमा लागेकाले त्यसको विकल्पमा जन परिषद (जनसत्ता) को पुनर्गठन गर्नु परेको पनि बताए । अधिवेशनमा विशेष अतिथिको रुपमा भोजपुरा स्वायत्त प्रदेश प्रमुख विगाप्रसाद चौरासिया, नेकपा बारा जिल्ला इन्चार्ज संजिवनी, सेक्रेटरी राजन, भोजपुरा स्वायत्त प्रदेश सदस्य रमण घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचित जनसत्ता प्रमुख रामेश चौधरील शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै राष्टी«यसभा, प्रतिनिधीसभा, प्रदेश सभा, नगर तथा गाँउपालीकाका सम्पूर्ण तहका सदस्यहरुलाई तत्काल राजिनामा दिई वैज्ञानिक समाजवादको पक्षमा अघि बढिरहेको आन्दोलनमा सहयोग÷समर्थन र सहभागी हुन अपील गरेका छन् । राजीनामा नदिए कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । यसैबीच उनको विज्ञप्तिमा ‘यो दलाल संसदीय सत्ता राष्ट्रघात, जनघात, हत्या, हिंसा, भ्रष्टाचार, कालोबजारी, तस्करी, घुसखोरी, कमिसन, विचौलिया, गुण्डागर्दी, मानववेचबिखन लगायतका राष्ट्रविरोधी तथा जनविरोधी क्रियायाकलापको पर्यावाची बनेको छ । यस्तो सत्तालाई जनताले कर तिरेर राख्नु भनेको आफ्नै अपमान गर्नु हो । त्यसैले सम्पूर्ण उद्योगी ÷व्यवसायी तथा सम्वन्धित सवैले यो भ्रष्ट सरकारलाई कर बन्द गरी जन परिषद (जनसत्ता) मा कर बुझाउन अनुरोध गर्दछ ।’
२०७४ चैत २ गते दिउँसो १ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :