अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउने र आलोक रिहा

काठमाडौं : अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउने सोमबार रिहा भएका छन् । चलाउनेलाई प्रहरीले फागुन ११ गते (शुक्रबार बिहान) गिरफ्तार गरेको थियो । महासचिव चलाउनेमाथि सार्वजनिक मुद्दा लगाइएको थियो । सर्वोच्च अदालतको आदेशमा प्रहरीले उनलाई सोमबार रिहा गरेको हो । संगठनको २१ औ राष्ट्रिय सम्मेलन दाङमा जारी छ । आइतबारदेखि सुरु भएको सम्मेलनको सोमबार बन्दसत्र सम्पन्न हुँदै छ । महासचिव चलाउनले बन्दसत्रमा सहभागी हुने भएका छन् । यस्तै नेकपाका धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका इन्चार्ज हरि श्रेष्ठ ‘आलोक’लाई पनि सोमबारै रिहाई गरेका छन् । आलोकलाई फागुन ३ गते प्रहरीले गिरफतार गरेकोे थियो । उनलाई धनकुटा जिल्ला अदालतको आदेशमा रिहा गरेको हो ।

२०७४ फागुन २९ गते बिहान १० : १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :