पक्राउ पूर्जी प्रचण्ड केपीको कायरताको उपज : किरण / हामी मर्न तयार छौं : बम


सुशान  क्षेत्री / चितवन : सहिद सप्ताहाको अवसर पारेर चितवनमा नेकपा र क्रान्तिकारी माओवादीको शनिबार संयुक्त अन्तर्किया तथा सहिद परिवारलाई अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा रहेको सभा हलमा सम्पन्न कार्यक्रमको प्रमुख वक्ता क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ रहनु भएको थियो । महासचिव किरणले नेकपाका नेता विप्लवको र कन्चनको नाममा जारी भएको पक्राउ पुर्जी र नेता सुदर्शनको पक्राउलाई प्रचण्ड र केपीको पराजित मानसिकताको उपजको पारीणाम भएको बताउनु भएको छ ।

क्रान्तिको निम्ति वस्तुगत परिस्थिति बन्दै गएको र जनता क्रान्तिकारीहरुको मोर्चा गोल्बन्द हुँदै गरेको कारण केपी पिके हातासिएर क्रान्तिकारीहरुलाई विभिन्न मुद्दा लगाइ फसाउने षड्यन्त्र गरेको उनीले जिकिर गरे । किरणले पार्टी एकता बारे बोल्दै सम्पूर्ण सच्चा वामहरु गोल्बन्द हुनु पर्ने स्पस्ट पार्नुभयो । नेकपासँगै छिट्टै एकताको प्रयास भएको र एकता प्रक्रिलाई मुर्त रुप दिन संयुक्त कार्यक्रमको आयोजना गर्न लगिएको खुलसा गर्नुभयो । सम्बोधनको अन्त्यमा प्रचण्डलाई आफूले विश्वाश गर्नु सबभन्दा ठुलो भुल भएको र प्रचण्ड महाफटाहामा परिवर्तन भएको टिप्पणी गर्नु भयो ।

यसैगरी नेकपाको तर्फबाट प्रमुख वक्ताको रुपमा रहनु भएका भरत बमले आफूहरुलाई क्रान्तिको निम्ति मर्न डर नभएको जस्तो सुकै परिस्थितिको डटेर सामना गर्न तयार रहेको बताउनुभयो । माओवादी केन्द्रका नेताहरु भुतपूर्व कामरेडको संज्ञा दिंदै अबको लडाईं वाममय नाममा दलाली गर्ने पिके र केपीको विरुद्द रहेने बताउनु भएको छ । कार्यक्रममा उपस्थित वैद्य तर्फ संकेत गर्दै पार्टीको बाँकी रहेको उमेर क्रान्तिको नीमित अर्पित गर्न अपिल गर्नु भएको थियो । उक्त अन्तक्र्रिया कार्यक्रम नेकपा चितवनका इन्चार्ज लालबहादुर बिसीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य नेकापा चितवन सेक्रेटरी धुर्बले राख्नु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै घाइते तथा अपाङ्ग समाजका प्रतिनिधि अमर गोपलिले किरण तर्फ इङ्कित गर्दै जन्युद्धमा आफ्नो नेतालाई डोकोमा बोकेर पनि युद्द मोर्चा सामलेको भन्दै एकीकृत जनक्रान्तिलाई सफल बनाउन नेताहरुलाई हावाइजहाजमा पनि चढाउन तयार रहेको भनाइ राख्नु भएको थियो । कार्यक्रमको अन्तिममा कार्यक्रमको अध्यक्ष तथा क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य अम्बिका मुडवरीले उपस्थिति सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

२०७४ फागुन १९ गते बेलुका १० : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :