गाउँपालिकाको बोर्ड फलियो

POSTERरातोखबर संवाददाता/सिन्धुली
बैशाख २४, नेताहरुलाई पक्राउ गरेर चुनाव खारेज अभियान निस्तेज पार्ने सरकारी रणनीति सिन्धुलीमा असफल भएको छ ।

जनकपुर ब्युरो इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य सन्देश पौदेललाई पक्राउ गरेको १२ घण्टा नबित्दै नेकपाका कार्यकर्ताले आइतबार विहानै मरिन गाउँपालिकाका बोर्डहरु फालेका छन् ।

उनीहरुले त्यहाँ चुनाव  खारेजका पोस्टरहरु टाँसेका छन् । सो क्षेत्रमा तुरुन्तै जनसत्ताको चुनाव गराएर जनसत्ता गठन गर्ने जनकपुर ब्युरो कार्यालयका सचिव राजु कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :