मेडिकल कलेज विरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं : नेपालगन्ज मेडिकल कलेजले विद्यार्थी र आम जनताको हित विपरीतका गतिविधि गरेको भन्दै अखिल (क्रान्तिकारी)ले कलेज घेराउ तथा विरोध प्रदर्शन गरेको छ । बिहीबार कजेल परिसरमा अखिल (क्रान्तिकारी) भेरीब्युरोद्वारा आयोजना गरिएको विरोधसभालाई संगठनका केन्द्रीय सदस्य धर्म बडुवालले सम्बोधन गरेका थिए । उक्त मेडिकल कलेजले विश्वविद्यालयले तोकेको शुल्क भन्दा विद्यार्थीहरुबाट बढि शुल्क लिएको, कलेजमा दक्ष शिक्षक र आवश्यक शैक्षिक सामग्रीको व्यवस्था नगरेको, स्वदेशी र विदेशी विद्यार्थी एवं चिकित्सकमाथि विभेद गरेको अखिल (क्रान्तिकारी)को भनाई छ ।

साथै सामान्यत अस्पतालमा दुई जना विरामी बराबर एउटा भेन्टिलेर आवश्यक हुनुपर्नेमा बाइस जना विरामी बराबर एउटा मात्र भेन्टिलेर अस्पतालमा राखिएको, आवश्यकता अनुसार स्वाथ्यकर्मीको व्यवस्था नगरेको र कर्मचारी राख्दा ठेकेदारी र ज्यालादारी प्रथा अन्त्य नगरेको भन्दै अखिल (क्रान्तिकारी)ले विभिन्न मागहरु सहितको अपिल सार्वजनिक गरेको छ ।
२०७४ फाग्न १० गते बेलुका ९ ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :