सरकारी दमनका विरुद्ध चरणबद्ध संघर्षमा नेकपा  / आज देशभरी कोणसभा

काठमाडाैं  : प्रहरीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको र शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेको भन्दै नेकपाले विरोध स्वरुप देशव्यापी कोणसभाहरु सम्पन्न गरेको छ । पार्टी केन्द्रको योजना अनुसार उसका विभिन्न जिल्ला संगठनहरुले बुधवार ठाउँ–ठाउँमा कोणसभा सम्पन्न गरेका हुन् । यसैबीच पूर्व झापाको विर्तामोड र दमकबजारमा कोणसभा सम्पन्न भएको छ । दमकमा भएको सभालाई नेकपा निकट मजदुर संगठनका मेची संयोजक विजय दर्नालले सम्बोधन गरेका छन । यसैगरी धनकुटाको पाख्रीबासमा पनि कोणसभा सम्पन्न भएको छ । मोरङको पत्थरी किर्तिपुरमा भएको सभालाई नेकपाका स्थानीय नेताहरु नवराज नेपाल र राम माझीले सम्बोधन गरेका छन् । धनुषा मिथला बिहारी  नपा भुमिपटहरुवा १ मा भएको कोणसभालाई राजु कार्की  / र महेन्लेद मणडलले सम्बोधन गरेका छन् । धरानको पिपलमा पनि कोणसभा सम्पन्न भएको छ । सर्लाहीको हरिहरपुर नगरपालिकाको जगतपुरमा भएको कोणसभालाई नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेल, पदम सुनार र विजय लामाले सम्बोधन गरेका छन् । यसैगरी चितवनमा भएको कोणसभाबाट नेकपाका जिल्ला सदस्य रामबहादुर तिमिल्सीनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै कास्कीको पोखरामा र अर्घाखाँचीको मालारानीमा पनि कोणसभमा सम्पन्न भएको छ । पश्चिम नेपालका दाङ, कैलालीको धनगढिचोक, कन्चनपुर लगायतका विभिन्न जिल्लाहरुमा कोणसभाहरु सम्पन्न भएको र ती सभाहरुलाई नेकपाका स्थानीय नेताहरुले सम्बोधन गरेका छन् । आइतवार विराटनगरमा राष्ट्रिय युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेको र विनाकारण नेकपाका नेताद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र पोलिटब्यूरो सदस्य पदम राई ‘विकास’ लगायतलाई पक्राउ गरेपछि नेकपाले मंगलवार नेपाल बन्दको आयोजना गरेको थियो । सो पाटीले आफ्ना नेताकार्यकर्ताहरुलाई विनाशर्त रिहाईको माग गर्दै संघर्षका कार्यक्रम अघि बढाएको छ ।

२०७४ फागुन ९ गते बुधवार बेलुका ६ : ४५

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :